शीतलहरका कारण नेपालगञ्ज र डुडुवाका विद्यालय बन्द | Khabarhub Khabarhub

शीतलहरका कारण नेपालगञ्ज र डुडुवाका विद्यालय बन्द


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– अत्यधिक चिसो बढेसँगै बाँकेको नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका सामुदायिक विद्यालय ४ दिनका लागि बन्द गरिएको छ ।

ती पालिकाअन्तर्गतका शिक्षा समितिको निर्णयअनुसार, मंगलबारदेखि पुस १८ गतेसम्मका लागि विद्यालय बन्द गरिएको हो । निरन्तरको शीतलहर र चिसोले यस क्षेत्रकै जनजीवन कष्टकर बनेपछि विद्यार्थीको सजिलोको लागि विद्यालय बन्द गर्ने निर्णय भएको नेपालगञ्ज नगर शिक्षा समितिका प्रमुख गोर्खबहादुर थापाले बताए ।

यसैबीच, अत्यधिक चिसोका कारण नेपालगञ्जका गरिब, असहाय, बेसहारा बढी प्रभावित भएपछि उपमहानगरपालिकाले आगो ताप्न टोल टोलमा दाउरा वितरण गरेको छ ।

स्थानीइ नागरिकलाई चिसोबाट जोगाउन उपमहानगरपालिकाले वडा कार्यालयमार्फत  टोल टोलमा दाउरा वितरण गरेको सूचना अधिकारी शरद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  १२ : ५० बजे

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा