बग्दादीविरुद्ध सैन्य कारबाहीको अमेरिकी युद्ध नायक कुकुर | Khabarhub Khabarhub

बग्दादीविरुद्ध सैन्य कारबाहीको अमेरिकी युद्ध नायक कुकुर


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट (आईसीस) का प्रमुख अबु बकर अल–बग्दादीविरुद्धको सैन्य कारबाहीमा महत्वपूर्ण सहयोगी भूमिका खेल्ने सैन्य कुकुरको तस्बिर सार्वजनिक गरेका छन् ।

बग्दादी लुकेको ठाउँ पत्ता लगाउन तथा उनलाई गुफाभित्र लखेट्न महत्वपूर्ण भूमिका खेल्ने सैन्य कुकुरको तस्बिर सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले उक्त कुकुरको प्रशंसा गरेका छन् ।

सैन्य कारबाहीमा कुकुरहरुले पनि भूमिका खेलेकोबारे पहिलो सूचना राष्ट्रपति ट्रम्पले नै सार्वजनिक गरेका थिए ।

यसअघि अमेरिकी जनरल मार्क ए मिलेले उक्त कुकुरबारे सूचना दिए पनि नाम खुलाएका थिएनन् । ‘हामी कुकुरको नाम अहिले नै सार्वजनिक गर्दैनौं,’ जनरल मिलेले बग्दादीविरुद्धको कारबाहीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भने, ‘त्यो कुकुर अहिले पनि मैदानमै छ, आफ्नो ड्युटी पूरा गर्दैछ । त्यसैले हामी कुकुरको नाम, तस्बिर वा अरू कुनै सूचना दिन सक्दैनौं ।’

त्यसै दिन दिउँसो राष्ट्रपति ट्रम्पले जनरल मिलेसँग थप सूचना लिएर उक्त कुकुरको तस्बिर आफ्नो आधिकारिक ट्वीटरबाट सार्वजनिक गरे । ‘न्यूजविक’ पत्रिकाका अनुसार कुकुरको नाम कोनान हो । सुरक्षा भेस्ट लगाएर खिचिएको उक्त तस्बिर भर्खरैको हो कि पुरानो हो भन्ने खुलेको छैन ।

‘आईसीस प्रमुख अबु बकर अल–बग्दादीलाई समात्न र मार्न उल्लेखनीय भूमिका खेलेका विशिष्ट कुकुरको तस्बिर हामीले सार्वजनिक गरेका छौं, नाम भने अहिलेलाई गोप्य राखिएको छ,’ ट्रम्पले ट्वीटमा लेखेका छन् । उनले उक्त कुकुरलाई भेट्ने इच्छासमेत देखाएको वरिष्ठ अधिकारीहरूले बताएका छन् ।

कुकुरको नाम किन गोप्य राख्नुपर्यो भन्ने जिज्ञासामा एक पूर्व जनरल मार्क हटर्लिङले भने, ‘नाम भन्दा कुकुर स्याहार्ने व्यक्तिको परिचय खुल्छ । त्यो परिचय खुल्नेबित्तिकै बग्दादीविरुद्ध कारबाही गर्ने सैन्य युनिट पनि सार्वजनिक हुन्छ ।’

ट्रम्पले बताएअनुसार बग्दादीलाई अमेरिकी सैन्य कुकुरहरूले सुरूङभित्र लखेट्दै गएपछि उनले बमजडित भेस्ट पड्काएका थिए । यही क्रममा उनको मृत्यु भएको थियो ।

यो कारबाहीमा प्रयोग भएको कुकुरलाई कुनै चोटपटक लागेकोबारे जानकारी प्राप्त भएको छैन । ह्वाइट हाउस र अमेरिकी रक्षा विभागले कुकुर कुन जातको थियो भन्ने खुलाएका छैनन् । विज्ञहरू भने ‘बेल्जियन म्यालिनोयस’ जातका कुकुर प्रयोग भएको अनुमान गर्छन् । यसअघि सन् २०११ मा अलकायदा प्रमुख ओसामा बिन लादेनविरुद्धको कारबाहीमा पनि यही जातका कुकुर प्रयोग गरिएका थिए ।

‘यी जातका कुकुर निकै साहसी हुन्छन्, काममा कहिल्यै अल्छी गर्दैनन्,’ अमेरिकन बेल्जियन म्यालिनोयस क्लबका अध्यक्ष जुडी हेगनले एक अन्तर्वार्तामा भनेका छन्, ‘यिनीहरू एकदमै बुद्धिमान र सिपालु हुन्छन् । कुनै पनि प्रशिक्षण दिन समय लाग्दैन ।’

बेल्जियन कुकुरको सानो बच्चाको मूल्य पनि १ हजार ५ सय अमेरिकी डलरबाट सुरू हुन्छ । तालिमप्राप्त कुकुर त ३० हजार डलरसम्म पर्छ ।

बग्दादीविरुद्धको कारबाहीमा कुकुरको योगदानलाई ‘साहसी’ भन्दै प्रशंसा गरेका ट्रम्पले बग्दादीको मृत्युलाई पनि कुकुरसँग जोड्दै नमिल्दो टिप्पणी गरेका थिए । ‘बग्दादी कुकुरझैं मरे,’ उनको भनाइ थियो ।

आईसीस प्रमुख बग्दादी संसारकै ‘मोस्ट वान्टेड’ व्यक्ति थिए । सिरिया र इराकको ठूलो भूमि आफ्नो नियन्त्रणमा लिएर आईसीसले लामो समय आतंकवादी गतिविधि चलाउँदै आएको थियो । सन् २०११ मा अमेरिकाले बग्दादीलाई आतंकवादी घोषणा गर्दै उनको गिरफ्तारी वा हत्या गर्ने गरी सूचना दिनेलाई दस करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो ।

ओसामा बिन लादेनले नेतृत्व गरेको आतंकवादी समूह अलकायदा कमजोर हुँदै गएपछि आईसीसको प्रभाव बढ्दै गएको थियो । अलकायदा प्रमुख लादेनलाई पाकिस्तानमा उनी लुकेर बसेको एउटा घरमा आक्रमण गरेर अमेरिकाले मारिसकेको छ । बग्दादी पनि सुरूमा सन् २०१० मा इराकमा अलकायदाको नेताका रूपमा उदाएका थिए । पछि अन्य आतंकवादी समूहहरू मिलाएर उनले आईसीसको नेतृत्व सम्हालेका थिए ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ५ : २० बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द