तिहार सकिएसँगै घट्यो तरकारीको भाउ, कसको कति ? | Khabarhub Khabarhub

तिहार सकिएसँगै घट्यो तरकारीको भाउ, कसको कति ?


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दैनिक उपभोग गरिने तरकारीको मूल्य अन्य दिनको तुलनामा चाडपर्वका समयमा दोब्बर खपत हुने गरेको पाइन्छ ।

खपत बढेसँगै व्यापारीले चर्को मूल्यमा तरकारी विक्री वितरण गर्दछन् र चाडपर्व सकिएसँगै तरकारीको मूल्य सस्तो हुने गर्दछ ।
केही दिनअघिदेखि लगातार वृद्धि भइरहेको तरकारीको मूल्य बुधवार घटेको छ ।

काठमाडौंको मुख्य थोक बजार कालीमाटीमा आज बुधवार तरकारीको भाउ सस्तो भएको छ । जसमा हरियो धनियाँ सस्तो भएको छ ।

मंगलवार अर्थात् भाइटीकाको दिन हरियो धनियाँ किलोको ६ सय १५ रुपैयाँ खुद्रा मुल्य तोकिएको थियो । बुधवार किलोमा १ सय ७० रुपैयाँ भाउ घटेर ४ सय ४५ रुपैयाँ खुद्रा मुल्य तोकिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

मंगलवारको तुलनामा बुधवार गान्टे मुलाको भाउ किलोमा ५० रुपैयाँले घटेर १ सय ५ रुपैयाँ खुद्रा मुल्य तोकिएको छ ।

त्यस्तै पाते च्याऊ १ सय ९० रुपैयाँ, डल्ले च्याऊ किलोको ५ सय १५ रुपैयाँ, मूला किलोको ५५ रुपैयाँ, गाजर किलोको १ सय ६५ रुपैयाँ खुद्रा मूल्य तोकिएको छ ।

बजारमा बुधवार रातो आलु (भारतीय) किलोको ३५ रुपैयाँ, बन्दा किलोको ६५ रुपैयाँ, रायोको साग किलोको १ सय ६५ रुपैयाँ, पालुंगोको साग र चमसुरको साग किलोको १ सय ५५ रुपैयाँ, अदुवा किलोको २ सय २५ रुपैयाँ र सुकेको खुर्सानी किलोको ३ सय ९० रुपैयाँ खुद्रा मुल्य तोकिएको समितिले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  १२ : ४१ बजे

चैते धानमा किसानको आकर्षण

दाङ– बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि

वीरगञ्जको अलौमा आगलागी, सात घर जलेर नष्ट

वीरगञ्ज– वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा

यस्ता छन्, काफल खाँदाका फाइदा

काठमाडौँ– अहिले काफलको सिजन हो । अहिले नेपालका वनपाखामा काफल

ताइवानमा ८० बढी भूकम्पको धक्का

काठमाडौँ– ताइवानमा फेरी भूकम्प गएको छ । गएराती ताइवानको पूर्वी

देशको समृद्धिका लागि सबै एकजुट हुनुपर्छ : सभामुख

काठमाडौँ– सभामुख देवराज घिमिरले देशको समृद्धिका लागि सबै राजनीतिक शक्ति