बेलायतमा डिसेम्बर १२ मा आम निर्वाचन हुने | Khabarhub Khabarhub

बेलायतमा डिसेम्बर १२ मा आम निर्वाचन हुने


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन–ब्रिटिश संसद्‌को तल्लो सदन हाउस अफ कमन्सले समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव बहुमतले पारित गरेको छ।

प्रस्ताव पारित भएसँगै बेलायतमा आउँदो डिसेम्बर १२ मा आमनिर्वाचन हुने पक्कापक्की भएको बीबीसीले जनाएको छ ।

बेलायतमा सन् १९२३ पछि पहिलो पटक डिसेम्बर महिनामा निर्वाचन हुन लागेको हो । निर्वाचनसम्बन्धी विधेयकको पक्षमा ४३८ मत खसेको थियो भने विपक्षमा जम्मा २० जना सांसदहरुले मतदान गरेका थिए ।

अब माथिल्लो सदन हाउस अफ् लर्ड्सले उक्त विधेयक पारित गरे कानून बन्नेछ । माथिल्लो सदनले विधेयक पारित गरेसँगै निर्वाचन प्रचारका लागि पाँच हप्ताको समय बाँकी रहने बताइएको छ ।

प्रधानमन्त्री जोनसनले युरोपियन युनियनबाट बाहिरिने ब्रेक्जिटबारे निर्णय लिने अवसर बेलायती नागरिकलाई दिनुपर्ने बताएका छन् ।

निर्वाचनसँगै ब्रेक्जिट सम्झौताका लागि आफूलाई नयाँ जनादेश दिने र संसद्मा जारी गतिरोध अन्त्य गर्ने प्रधानमन्त्री जोनसनले विश्वास व्यक्त गरेका छन् । पछिल्लो चाँच वर्षमा बेलायतमा यो पाँचौ पटक निर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ७ : २८ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न