नेपालको हरेक संरचनामा विदेशीले ‘फिट’ गरेको संयन्त्रले काम गरिरहेको छ– प्रा.डा.संग्रौला « Khabarhub
Logo
१० कार्तिक २०७८, बुधबार

नेपालको हरेक संरचनामा विदेशीले ‘फिट’ गरेको संयन्त्रले काम गरिरहेको छ– प्रा.डा.संग्रौला



नेपाली राजनीतिका विश्लेषकका साथैअन्तर्राष्ट्रिय घटनाक्रमलाई नजिकबाट बुझेका व्यक्ति हुन्  प्रा.डा युवराज संग्रौला । पूर्व महान्यायाधिवक्तासमेत रहेका प्रा.डा संग्रौलासँग हामीले पछिल्लो राजनीतिक घटनाक्रम नेपालको आन्तरिक राजनीति र यसबारे जोडिएका बाह्य पक्षबारे कुरा गरेका छौं, प्रस्तुत छ प्रा.डा. संग्रौलासँग गरिएको कुराकानीको सम्पादित अंश–

नेपालको राजनीति निरन्तर अस्थितरमा छ, फलत: नेपालीमा नैराश्यता बढ्दै गएको छ, नेपालीले सधैं निराशा मात्र हात पार्नु पर्ने अवस्था किन बन्यो ?

समस्या के हो भने कुन कोणबाट पहिला यसलाई विश्लेषण गर्ने भन्ने कुराले अप्ठ्यारो पार्छ । समाजको व्यवस्थापन राजनीतिले गर्छ । यसको व्यवस्थापन विचारधारले गर्छ । विचारधारलाई व्यवस्थापन गर्ने तीनवटा पक्ष हुन्छ जसमा एउटा आर्थिक पक्ष, समाजशास्त्रीय पक्ष र मनोवैज्ञानिक पक्ष ।

अहिले मनोवैज्ञानिक पक्ष अर्थतन्त्रको पक्ष र समाजशास्त्रीय पक्ष डामाडोल छ । तीनवटा चीज डामाडोल हुनु भनेको विचारधारा डामाडोल हुनु हो । विचारधार डामाडोल हुनुभनेको राजनीतिक पार्टी र राजनीति डामाडोल हुनु हो । राजनीति डामाडोल हुनु भनेको राज्य डामाडोल हुनु हो ।

विभिन्न एतिहासिक घटनाक्रमका सारा प्रवृत्ति हेर्दा नेपालको राज्य सत्तालाई स्थापित ढंगबाट चल्न नदिन भित्रपटिको डिजाइन दरो छ भन्ने कुरा बुझिन्छ ।

नेपालका राजनीतिक पार्टीहरुले देशको विकास गर्नुपर्छ भन्ने पनि बुझे, लोकतन्त्र चाहिन्छ भन्ने पनि बुझे तर के बुझेनन् भने यो देश सञ्चालन गर्न नदिने भित्रपट्टिको तत्व खतरनाक छ देशको सार्वभौमिकता र स्वतन्त्रता सधै खतरमा छ र हामीले त्यसलाई व्यवस्थित गर्नु पर्छ त्यसका लागि राज्य संयन्त्र चुस्त हुनुपर्छ, देशको अर्थतन्त्र, समाजशास्त्रलाई व्यवस्थित गर्नुपर्छ ।

सिस्टमको प्रत्येक ठाउँमा वेस्टर्न व्लकले चीन र भारतलाई हेर्नका लागि आफूले फिट गरेको संयन्त्रहरु छन् । चाइनाले भारत र वेस्टनर्सलाई हेर्न फिट गरेको र भारतले चीन र वेस्टर्नलाई हेर्न फिट गरेको संयन्त्र छ, यो ट्रयांगुलर भित्र राजनीतिज्ञ, कर्मचारी, सुरक्षा निकाय पनि फसेको छ भनेपछि एउटा राजनीतिक पार्टीभित्र यी तीनखालका मान्छे छन्

त्यसकालागि राजनीतिज्ञ मात्र नभएर वौद्धिक तत्वले अनुसन्धानको माध्यबाट ति व्यक्तिहरु राष्ट्रको लागि काम गर्नुपर्छ भन्ने कुरा राजनीतिक पार्टीहरुले बुझेनन् । संविधान घोषणा गर्नुभन्दा पहिला देशको डुंगा छालमा तैरिरहेको थियो संविधान जारी गरेपछि समतल फेवातालमा हिँडे जस्तो हुन्छ भन्ने नेताहरुले बुझ्दा देशको अहिले यो अवस्था बनेको हो ।

शासकहरुले यी विषयलाई मनन गरेनन् भने राजनीतिक अस्थिरता रहिरहन्छ भन्ने तपाईंको भनाइ रह्यो ? यससमा कसले खेलिरहेको छ ? अन्तरिक पार्टी भित्रकाले दलाली गर्छन् कि वाह्य शक्तिले जवरजस्त गर्छ, कि पद्दतिले नै काम गर्दैन ?

राजा महेन्द्रको शासनको बेला लियो रोज भन्ने विदेशी मानिस यहाँ बस्थ्यो । बाहिर जाने बोलामा दौरा सुरुवाल लगाएर हिँड्थ्यो पशुपति पनि छिर्थ्यो । राजालाई पनि बेलाबेलामा भेट्ने गर्थ्यो, उसले नभेटेको मन्त्री कोही पनि थिएन् । उसले पुस्तकमा के लेख्यो भने राजा महेन्द्रको एक जना मन्त्रीले यो देश बाँडिन्छ, उत्तर चीनले लान्छ दक्षिण भारतले लान्छ भन्ने चिन्ता छ हामीलाई भनेर भन्यो । भनाइको मतलव उतिबेला पनि विदेशीले खेलिरहेको रहेछ, यो कुरा लियो रोजले खेलिरहेको रहेछ नि !

भनाइको मतलव सिस्टमको प्रत्येक ठाउँमा वेस्टर्न व्लकले चीन र भारतलाई हेर्नका लागि आफूले फिट गरेको संयन्त्रहरु छन् । चाइनाले भारत र वेस्टनर्सलाई हेर्न फिट गरेको र भारतले चीन र वेस्टर्नलाई हेर्न फिट गरेको संयन्त्र छ, यो ट्रयांगुलर भित्र राजनीतिज्ञ, कर्मचारी, सुरक्षा निकाय पनि फसेको छ भनेपछि एउटा राजनीतिक पार्टीभित्र यी तीनखालका मान्छे छन् ।

नेपालका राजनेताहरुले नबुझेको कुरा के हो भने नेपालको स्वतन्त्रलाई जोगाउनु नै हाम्रो राजनीतिक स्थिरतको पनि लक्ष हो अर्थतन्त्रको पनि लक्ष्य हो भन्ने देशभक्तिपूर्ण राजनीतिमा बसेर फरक फरक राजनीति गर्ने सबैको लक्ष्य हुनुपर्ने हो तर त्यसो हुन सकेन ।

राजनीति गर्नेहरु कहाँ चुके त ?

देशचाँही मक्काइ रह्यो, हाँगामा फल चाँही हामी खोजी रह्यौं । यसमा अनेकले खेलेको हुनसक्छन् । छिमेकी होलान् अरुपनि होलान् ।

मैले यसमा तीन तत्वको एउटा स्थिति देखेको छु । जसले गर्दा समाज अस्थिर छ। अहिलेको समाजलाई नियन्त्रणमा राख्न समस्या परेको छ । यसका केही उदाहरण छन् । सरकार बनेसँगै मानिसलेको ठूलो अपेक्षा थियो , केही गर्न खोज्यो । पहिलो काम उसले बसको कार्टेलिङमा गर्न खोज्यो । तर केही दिनमा त्यो मत्थर भयो ।

बसको कार्टेलिङमा सरकारले हानेपछि अरु दललाहरु सक्रिय बने, जो नेपालको मूला कुहाएर भारतबाट तरकारी ल्याउँछन् ति माफियाहरु डराए, कन्ट्याक्टरहरु डराए, शिक्षामा व्यापारिकरण गर्नेहरु डराए, कस्तो भएको रहेछसमाज भने १०÷१५ प्रतिशत मानिस माफियातन्त्रमा सक्रिय रहेछन्, उनीहरु सरकारसँग डराए ।

म भाँचिन लागेको जहाजको क्याप्टेन रुपमा सरकारमा छु भन्ने सरकारले बुझेन, जापाने बनाएको फिट फाट भएको जहाजको क्याप्टेन हो भन्दै सरकारले टेक अफ गर्यो । जसले समस्या उत्पन्न भयो

उनीहरुको विदशीसँग कुराकानी र राम्रो सम्बन्ध हुने रहेछ । परिणाम के भयो भने कार्टेलिङ प्रकरणमा सरकार कोपभाजनमा पर्यो । यसलाई सरकारले कसरी व्यवस्थापन गर्न सक्थ्यो भने उसको पुलिस राम्रो भाइदिएको भए, र देशमा यी विदेशीले वा यो संयन्त्रले खेलिरहेको छ भनेर सूचना दिने संयन्त्र वा राष्ट्रिय अनुसन्धान बालियो भइदिएको भए, निजामति प्रशासन बलियो भइदिएको भए सरकार सफल हुन्थ्यो तर त्यसो हुन सकेन ।

निजामतिको नाममा सिंहदरबारमा हड्ताल गर्नेहरुको उपस्थितिको सामाना सरकारले गर्न पर्यो ।

यसलाई व्यवस्थापन गरेर अगाडि लान कस्तो शासन गर्ने व्यक्ति चाहिँदो रहेछ भने प्रधानमन्त्रीले केही समय प्रभावकारी व्यक्तिलाई, पार्टी भित्रका शीर्ष व्यक्तिलाई सरकारको नेतृत्वमा लगेको भए प्रभावकारी हुने थियो । माधव नेपाल, वामदेव, नारायणकाजीहरुलाई कुनै ठाउँको जिम्मेवारी दिएको भए पार्टी पनि सही रुपमा चल्थ्यो ।

मुलुक सञ्चालनको आवश्यकीय अंग असफल छ बाह्य तागतले कही न कही सरकारका काम कारवाहीलाई प्रभाव पारेको छ भने ऐन, कानून, संविधान संशोधन गरेर यस्ता समस्या समाधान गर्न किन सकिएन, दुई तिहाइको सरकारलाई केले रोक्यो त ?

म भाँचिन लागेको जहाजको क्याप्टेन रुपमा सरकारमा छु भन्ने सरकारले बुझेन, जापाने बनाएको फिट फाट भएको जहाजको क्याप्टेन हो भन्दै सरकारले टेक अफ गर्यो । जसले समस्या उत्पन्न भयो । विग्रिएको जहाजलाई स्मुथ बनाउनु पर्ने, बोटमा कहाँ कहाँ समस्या छ त्यहाँ काटी ठोक्नु पर्ने हो तर सरकारले त्यसो गर्न सकेन ।

सरकारले १०० मिटरको दौड जसरी दौडियो । तर अहिलेको स्थिति कस्तो भयो भने घुँडाले हिँडेजस्तो ।

नागरिकमा निराशा छ । हामी अभागी रहेछौं भन्ने नागरिकमा भान परेको छ । गाउँका नागरिकमा पनि विदेशीले खेलेको छ भन्ने बुझेको छ ।
त्यस्तै नेपाली कांग्रेसभित्र, नेकपा, राप्रपाभित्रको विवादमा खेल भइरहेको छ । एउटा पार्टी भित्र मात्र होइन हर किसिमका राजनीतिक शक्ति भित्र खेलो भइरहेको छ । को खेलिरहेको छ यो बुझिएन । पार्टी एक ढिक्का भएर जाने र पार्टीले सरकारलाई बोक्नुपर्ने थियो तर अहिले अवस्था फरक भएको छ । सबै पार्टी भित्र मारामारको स्थिति छ , उहाँहरुले कसले खेलेको छ भन्ने आत्मविश्लेषण गर्न जरुरी छ ।

राजनीतिक स्थिरताका लागि अब गर्नुपर्ने के हो ?

यस्तो एप्रोचबाट हेर्न सकिन्छ । पहिलो फ्रेन्च मोडल । नेपोलियनले ८ दश वर्षमा निराशाबाट फ्रान्सलाई माथि निकाले । अहिलेको आवश्यकता त्यही हो । मानिसहरुको उत्पादकत्व विकास गरेर राज्यले मार्केट सिर्जना नगरि देश कसरी विकास हुन्छ ? अहिलेको सरकारले ठाउँठाउँमा ६ लेनको बाटो र मध्यराजमार्ग ४ लेनको बनाएको भए जनतामा आशा पलाउँथ्यो । राष्ट्रिय निर्माण कम्पनी बनाएर काम गर्न थालेको भए र एउटा बजारको व्यवस्था गरिदिए जनतामा हौसला आउँथ्यो । मानिसले उत्पादन गर्न थाल्थे विदेश जान क्रम घट्थ्यो । हामीले यो कुरा भनिरहेका हुन्छौं डाँडामा झुसिलकिरा हिँडेको जस्तो स्काभेटर हिँडेको छ यसरी कसरी हुन्छ ?

सातवटा सरकार बने, केन्द्रले ठूलाठूला आयोजना बनाउने योजना बनाउने, पराराष्ट्र नीति बनाउने हो । कुलो बनाउने बाटो बनाउने पानी ल्याउने त प्रान्तिय सरकारलाई एक्टिभ बनाएको हुन्थ्यो । यहाँका मन्त्रालयका सचिवले मुख्यमन्त्रीलाई पियन जतिको दर्जा दिएका छैनन् । हिजोको अञ्चलाधिशको कार्यालय जस्तो भयो गृहमन्त्रालयले चलाउने जस्तो । सबै केन्द्रले गर्ने नभए स्थानीयले गर्ने अनि तिनिहरुले के गर्ने त ? यो नीतिगत रुपमा कसले फसायो ? कर्मचारीहरुले फसाए, उनीहरु तल दिननै खोज्दैनन् यसबारे अध्ययन नै भएन जसले गर्दा समस्या उत्पन्न भयो ।


भर्खर

0