फोर-जी को विस्तार एक वर्षभित्रै | Khabarhub Khabarhub

फोर-जी को विस्तार एक वर्षभित्रै


१६ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टेलिकमको चौथो पुस्ताको मोबाइल नेटवर्क (फोर-जी) विस्तार हुने भएको छ । संघीय संसदको अर्थ समितिले एक वर्षभित्रै फाेर जी विस्तार योजना सम्पन्न गर्न निर्देशन दिएसँगै दुई कम्पनीसँग ठेक्का सम्झौता गर्ने बाटो खुलेको हो ।

टेलिकमले फोर जी सेवा विस्तार गर्न दुई चिनियाँ कम्पनी सिसिएसआइ र जेडटिईसँग ठेक्का सम्झौता गर्ने अन्तिम तयारी गरेको छ । मंगलबार सम्पन्न बैठकले सञ्चार तथा सुचना प्रविधि मन्त्रालय र नेपाल टेलिकमलाई जिम्मेवार र जवाफदेही हुँदै सेवा विस्तार गर्न निर्देशन दिएको हो ।

टेलिकमका अनुसार यी दुई कम्पनीसँग ठेक्का सम्झौता गर्ने तयारी भइरहेका बेला अर्थ समितिले देखाएको चासाेका कारण सम्झौता रोकिएको थियो । समितिले अघि बढ्न दिएको निर्देशनसँगै यी कम्पनीसँग ठेक्का सम्झौता अघि बढ्ने भएको छ । खबर नागरिक दैनिकमा छ ।

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार  ९ : ३५ बजे

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।