८ वर्षीय बालकले मोटरसाइकल हुइँक्याएपछि... | Khabarhub Khabarhub

८ वर्षीय बालकले मोटरसाइकल हुइँक्याएपछि…


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुई पांग्रे सवारी चलाउने न्यूनतम उमेर कति होला ? नेपालको नियम अनुसार हो भने १६ बर्ष ।

मोटरसाइकल चलाउन न्यूनतम १६ बर्ष उमेर कटेको हुनुपर्छ । त्यो पनि नागरिकता प्राप्त गरेपछि लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण भएको अवस्थामा मात्र सवारी चलाउन पाउने नियम छ । तर एक ८ बर्षिय बालकले मोटरसाइकल चलाए भन्दा तपाई पत्याउनु हुन्छ ?

घटना नेपालको होइन, छिमेकी मुलुक भारतको हो । भारतमा एक ८ बर्षिय बालकले मोटर साइकल चलाएको भिडियो भाइरल भएको छ ।

भारतको उत्तरप्रदेश लखनऊस्थित काकोरीमा एक ८ बर्षको बालकले सवारी चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो । भिडियो भाइरल बनेसंगै प्रहरीले बालकका पिताको नाममा ई चलान काटेको छ ।

काकोरीका दुध कारोबारीको नाममा रहेको बाइक नाबालकले चलाएको भिडियो सामाजिक सञ्जालमा अपलोड भएसंगै त्यसैको निहु“मा पितामाथि कारबाही हुने भएको हो ।

भारतको नया“ सवारी नियममा नाबालिगले सवारी चलाएमा अभिभावक वा सवारी धनीलाई कारबाहि हुने नियम छ । जस अनुसार न्यूनतम २५ हजार भारतीय अर्थात नेपाली ४० हजार जरीवाना तिर्नु पर्ने हुन्छ ।

यो संगै ३ महिनासम्म कारागार चलान समेत हुनसक्नेछ । उक्त नियमलाई टेकेर भारतिय प्रहरीले बालकलाइ बाइक चलाउन दिने उनका पितालाई उल्लेख गर्दै कारबाही गर्ने भएको हो ।

हुनतः अहिलेसम्म प्रहरीको सामु उक्त बाइकको नंबर बाहेक अरु केही जानकारीमा छैन । भिडियो भाइरल भएपछि बाइकको नम्बरको आधारमा प्रहरी उक्त बाइकको धनिको खोजिमा जुटी बालकको पितालाई बेनामे चलान काटेको हो ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ९ : ०५ बजे

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्