च्याङ्ग्रा प्रतिकिलो ७ सय ८० मा बिक्री | Khabarhub Khabarhub

च्याङ्ग्रा प्रतिकिलो ७ सय ८० मा बिक्री


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- दशैँका लागि मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको मूल्य यसवर्ष बढेको छ । खसीको मासुको मूल्य वृद्धि भएसँगै च्याङ्ग्राको मासुको पनि मूल्य वृद्धि भएको हो ।

यस वर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु ७८० मा मूल्य निर्धारण गरेर बिक्री शुरु गरेको व्यापारी सनम लामाले बताए ।

हिमाली भेगबाट आयात हुने भेडा र च्याङ्ग्रा जडीबुटी खाएर हुर्कने तथा यसको मासु स्वस्थकर हुने विश्वासले उपभोक्ताले च्याङ्ग्राको मासु रोज्न थालेपछि मूल्य वृद्धि भएको हो ।

मासुका लागि प्रयोग गर्न भारतबाट उच्चरुपमा खसीबोका आयात हुने गरे पनि यस वर्ष खसीमा स्वास्थ्य परीक्षण गरेर मात्रै आयात गर्नुपर्ने भएपछि खसीबोका आयात घटेको छ ।

खसीबोकाको आयात घटेसँगै यस वर्षको दशैँमा खसीबोकासँगै च्याङ्ग्राको मूल्य पनि वृद्धि भएको व्यापारी बताउँछन् ।

विगत १८ वर्षदेखि भेडा र च्याङ्ग्रा व्यापार गर्दै आएका व्यापारी पशुपति सिलवालले प्रदेशदेखि स्थानीय तहसम्मका सरकारलाई कर बुझाउन परेकाले पनि मूल्यमा वृद्धि भएको बताए ।

मुस्ताङबाट म्यादी, पर्वत, कास्की, तनहुँ, चितवन, धादिङ, काठमाडौँ हुँदै भक्तपुरको सल्लाघारीसम्म भेडा र च्याङ्ग्रा ल्याउँदा आधा दर्जनभन्दा धेरै स्थानमा कर तिर्नु परेको व्यापारीको भनाइ छ ।

केन्द्रीय सरकारले खसीबोका र भेडा, च्याङ्ग्रामा कर नलिन आग्रह गरे पनि स्थानीय सरकारले अटरे गरेपछि त्यसको प्रत्यक्ष मारमा भने आम सर्वसाधारण पर्ने भएका छन् ।

सल्लाघारीमा मङ्गलबार र बुधबार पनि व्यापारीले भेडा, च्याङ्ग्रा ल्याउँदै छन् । भक्तपुरमा मात्रै यस वर्ष २००० दुई हजार बढी भेडा, च्याङ्ग्रा ल्याइने व्यापारीले जनाएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ६ : ५० बजे

सादा पोशाकमा प्रहरी परिचालन नगर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गैर– जिम्मेवार क्रियाकलापमा संलग्न भएको गुनासो आएपछि उपप्रधान एवं

पर्यटन क्षेत्रमा अतिरिक्त करको पुनर्विचार हुनुपर्‍यो :  अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रमा

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

जेनेभा– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल

स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्यमन्त्रीलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधान एवं स्वास्थ्य तथा

मैले अर्को उथलपुथल गर्न सक्छु- प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अर्को उथलपुथल गर्न