कम्युनिस्टका नाममा नवमण्डलेहरुको जन्म भयो– कोइराला | Khabarhub Khabarhub

कम्युनिस्टका नाममा नवमण्डलेहरुको जन्म भयो– कोइराला


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कम्युनिस्टका नाममा नवमण्डलेहरुको जन्म भएको बताएका छन् । सत्तारुढ नेकपा कांग्रेसका विरुद्ध  गुण्डाराजको शैलीमा उत्रन थालेको आरोप पनि लगाए ।

का‌ंग्रेसका विरुद्ध उत्रिनेहरु समाप्त भएर गएको उल्लेख गर्दै कोइरालाले अब कम्युनिस्टहरुको दिनगन्ती शुरु भएको पनि बताए ।

कम्युनिस्टको राज्य आतंक सिर्जना गरेका बताएका कोइरालले त्यसविरुद्ध एकजुट भएर प्रतिकार गर्न कार्यकर्तालाई निर्देशन समेत दिए।

नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर १ ले रत्ननगरमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै कोइरालाले भने, ‘नेकपाका हतियारधारी कार्यकर्ताहरुले बाँके कांग्रेसकी सभापतीको हात भाँचिदिए। तनहुमा हाम्रा पार्टीका नेताहरु मिनेन्द्र रिजाल र ध्रुव वाग्लेमाथी आक्रमण गरे।यही चितवनमा ज्ञानेन्द्र शाहीमाथी आक्रमण गरे। शाही कुन पार्टीका हुन् त्यो सरोकार भएन, तर एउटा नेपाली नागरिकले स्वतन्त्र रुपले आफ्ना कुरा राख्न पाउने कि नपाउने ?’

कुनै पनि नेपाली नागरिक, पार्टीका कार्यकर्ता र नेतामाथीको आक्रमण कदापि सहृय नहुने कोइरालाको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले बर्तमान सरकारले लोकतान्त्रिक मूल्य र मान्यता कुल्चिदै गएको बताए । सरकारले संवैधानिक निकायहरुलाई प्रधानमन्त्रीको लाचार छायाँ बनाएर फासिस्ट शैली स्थापित गर्न खोजेको पनि पाण्डेले आरोप लगाए ।

कार्यक्रममा कांग्रेस चितवनका सभापती जितनारायण श्रेष्ठ, पुर्वसभापतीहरु- टेकप्रसाद गुरुङ र रामकृष्ण घिमिरे, मकवानपुर कांग्रेसका पुर्वसभापतीहरु-रघुरमण न्यौपाने र रामचन्द्र अर्याल लगायतले कांग्रेसको अहिलेको नेतृत्वले कम्युनिस्ट विरूद्ध लड्न नसकेको बताए ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ४ : ४४ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६