न्यूक्यासलको पोस्टमा लेस्टरको ५ गोल | Khabarhub Khabarhub

न्यूक्यासलको पोस्टमा लेस्टरको ५ गोल


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–प्रिमियर लिगमा लेस्टर सिटीले न्यूक्यासल युनाइटेडमाथि जित निकालेको छ ।

आइतबार राति सम्पन्न खेलमा लेस्टरले न्यूक्यासललाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा जेमी भार्डीको दुई गोलको सहयोगमा लेस्टर सिटीले न्यूक्यासललाई स्तबब्ध पारेको हो ।

खेलमा अग्रता लेस्टरले १६ औ मिनेटमा रिकार्डो परेराको गोलबाट लिएको थियो । ४३ औ मिनेटमा हेडेन रातो कार्ड खादै मैदान बाहिरिएपछि न्युक्यासल १० खेलाडीमा सिमित बनेको थियो ।

भार्डीले ५४ औ मिनेटमा लेस्टरको अग्रता दोब्बर पारेका थिए । डममेटले ५७ औ मिनेटमा आत्मघाति गोल गरेपछि लेस्टर खेलमा ३–० ले अगाडी बढेको थियो । ६४ औ मिनेटमा भार्डीले ब्यक्तिगत दोस्रो गोल गर्दै लेस्टरलाई ४–० ले अघि बढाए ।

खेलको अन्तिम मिनेटमा एनडीडीले गोल गर्दै लेस्टरलाई प्रभावशाली जित दिलाए ।

जितसँगै लेस्टरको ७ खेलबाट १४ अंक भएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ७ : ०४ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०