दोलखामा निर्माण गरिने चलचित्र नगरीको डीपीआर तयार | Khabarhub Khabarhub

दोलखामा निर्माण गरिने चलचित्र नगरीको डीपीआर तयार


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  दोलखाको डाङडुङेमा निर्माण गरिने चलचित्र नगरी परियोजना स्वीकृत भएको आठ वर्षपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।

अत्याधुनिक स्टुडियोसहितको संरचना निर्माण गर्न रु १५ अर्बको डीपीआर तयार भएपछि त्यसलाई अघि बढाउन चाँडै नै लगानी सम्मेलन गरिने चलचित्र निर्माण सहयोग समितिका अध्यक्ष एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठले जानकारी दिए ।

सिन्धुपाल्चोकका त्रिपुरासुन्दरी गाउँपालिका–४ र दोलखाको भीमेश्वर नगरपालिका–९ को बीचमा बन्न लागेको उक्त नगरीका लागि आफ्नो पालिकाबाट पनि चालू आर्थिक वर्षमा केही बजेट व्यवस्था गरिने त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए ।

नेपाल सरकारले विसं २०६८ मा दोलखाको डाङडुङेमा ‘फिल्मसिटी’ बनाउने निर्णय गरेको थियो । सोही वर्षदेखि निकासा हुँदै आएको बजेटबाट गुरुयोजनाअनुसार छ किमी कच्ची सडकसहित भौतिक पूर्वाधारको काम हुँदै आएको छ ।

शुरुमा दोलखा फिल्मसिटी नाम राखिएकामा हालैको निर्णयअनुसार त्यसलाई संशोधन गरी चलचित्र नगरी डाङडुङे नामाकरण गरिएको हो । बहुवर्षीय परियोजनाको रुपमा निर्माण गरिने उक्त नगरीका लागि चालू आर्थिक वर्षमा प्रदेश नं ३ सरकारबाट रु ५० लाख बजेट विनियोजन भएको छ ।

राष्ट्रियस्तरको बृहत परियोजना भएकाले लगानी जुटाउने उद्देश्यले सांसदहरुको तर्फबाट पनि सहयोग जुटाउन आगामी आइतबार राजधानीमा दुवै जिल्लाका सांसदहरु सहभागी संयुक्त बैठक बोलाइएको पालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

समुद्री सहतबाट झण्डै तीन हजार ३०० उचाइमा अवस्थित उक्त रमणीय स्थानबाट दोलखाको गौरीशङ्कर, सैलुङ, कालिञ्चोक तथा सिन्धुपाल्चोकको जुगल हिमशृङ्खलालगायत अधिकांश भू–भागको दृश्यावलोकन हुनेछ । कूल ७६ रोपनी क्षेत्रमा बन्ने सो नगरीमा अत्याधुनिक स्टुडियो सुविधासम्पन्न विभिन्न भवनहरु कार्यालय भवन, पानी पोखरी, पार्किङस्थल होटललगायत फिल्म सुटिङका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक सुविधा उपलब्ध हुनेछ ।

लामोसाँघु–जिरी सडकअन्तर्गत खरीढुङ्गा सडकमा पर्ने उक्त स्थान काठमाडौँबाट करीब १२० किलोमिटरको दूरीमा पर्दछ । चिसो हावापानी रहेको सो स्थान आसपास सेतो, रातो, पहेँलो, निलोसहित चार रङका लालीगुँरास फुल्ने हुँदा आकर्षित एवं रमणीयस्थलको रुपमा परिचित छ ।

नेपाली भाषाको पहिलो चलचित्र सत्य हरिशचन्द्रलाई मानिए पनि तत्कालीन सूचना तथा प्रचार–प्रसार मन्त्रालयले विसं २०२२ मा आमा फिल्मको निर्माण गरी नेपाली फिल्मको शुरुआत गरेको थियो । नेपाली भाषाको विकासका लागि चार दशकअघि तत्कालीन शाही नेपाल चलचित्र संस्थानको स्थापना भएको थियो ।

पछि चलचित्र विकास बोर्डमा रुपान्तरण भएपछि फिल्म सुटिङका लागि देशका विभिन्न स्थान तथा विदेशमा पनि पुग्नुपर्ने वर्तमान अवस्था छ । त्यसलाई दृष्टिगत गरी जिल्लावासी तथा कलाकारहरुको आग्रहलाई कदर गर्दै नेपाल सरकारले विसं २०६८ मा उक्त स्थानमा आधुनिक फिल्म नगरी निर्माण गर्ने निर्णय गरेको थियो ।

बहुवर्षीय परियोजनाको अवधारणामा निर्माण गरिने उक्त चलचित्र नगरीलाई भविष्यमा ‘पब्लिक पार्टनरसीप’ परियोजनामा परिणत हुने वरिष्ठ कलाकार श्रेष्ठले बताए ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ६ : ०१ बजे

राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरि काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको औचित्य पुष्टि

कालीगण्डकीमा भिटामिन ‘डी’ को खोपसहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 

स्याङ्जा– कालीगण्डकी गाउँपालिका स्याङ्जामा गाउँपालिका र गाउँसेवा परिवार कालीगण्डकी गाउँपालिका

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ