बीमा कम्पनीको वित्तीय विवरण एउटै मापदण्डभित्र ल्याउदै | Khabarhub Khabarhub

बीमा कम्पनीको वित्तीय विवरण एउटै मापदण्डभित्र ल्याउदै


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले बीमा समितिको वित्तीय विवरण एउटै मापदण्डभित्र ल्याउने भएको छ । बीमा कम्पनीहरुले आफनो कम्पनीको वित्तीय, लेखा परिक्षण गराउने प्रवृत्ति अब राष्ट्र बीमा समितिबाट गराउनुपर्ने भएको छ ।

समितिले देशभर सञ्चालनमा रहेको बीमा कम्पनीहरुलाई एउटै मापदण्डभित्र राखेर लेखामान विधिमार्फत काम गराउने भएको छ । अहिले बीमा कम्पनीसँग बीमा लेखा सम्बन्धी मापदण्ड नहुँदा विभिन्न बीमा कम्पनीमा लेखा विवरण राख्दै आएका थिए ।

बीमा कम्पनीहरुलाई एनएफआरएस मापदण्डको लेखामान विधि अनिवार्य गर्ने लागिएको समितिले जानकारी दिएको छ ।

बीमा समितिले त्यसको लागि (इ–बिडिङ) वार्षिक कार्यक्रम प्रक्रियामार्फत आउन बीमा लेखामान सम्बन्धी ज्ञान भएका परामर्शदाताहरुलाई आह्वान गरेको छ ।

परामर्शदाताले बिडिङ गर्दा नै योजना पेश गर्नुपर्ने भएको छ । उपयुक्त मापदण्ड पेश गर्ने योजना स्वीकृत हुने बीमा समितिले जनाएको छ । २०१९ भित्रैमा नसके २०२० बाट एनएफआरएस लागू गर्ने योजनामा बीमा समितिले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  १२ : ०३ बजे

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना