सरकारको शक्तिलाई गुटगत स्वार्थका लागि होइन जनताको हितमा प्रयोग गरौं

युवराज ज्ञवाली

शुक्रबार, भदौ १३, २०७६

Reading Time: 10 minutes

सरकारको शक्तिलाई गुटगत स्वार्थका लागि होइन जनताको हितमा प्रयोग गरौं

नेपालमा सम्पन्न जनवादी क्रान्तिले राजनीतिक रुपमा जनतालाई यो देशको मालिक वनायो । यसले जनचेतनामा समेत क्रान्ति ल्यायो । र आर्थिक सामाजिक रुपान्तरणको लागि अनुकुल परिस्थिति निर्माण गर्‍यो । पटक–पटकको जनआन्दोलन, जनयुद्ध र संघर्षले जनतामा अन्याय–अत्याचारको विरुद्धमा संगठित आवाज निकाल्ने, विभेदको विरुद्ध संघर्ष गर्ने र समाजलाई रुपान्तरण गर्ने शक्ति प्राप्त भयो ।

जनताको बढ्दो चेतनाले उनीहरुको आशा–अपेक्षा र चाहनालाई ह्वातै बढाई दियो । आजको खुल्ला विश्व परिवेश, संचार माध्यममा आएको अभुतपूर्व परिवर्तन र विश्वसंगको सम्पर्कले जनताका आवश्यकताहरु धेरै बढे ।

क्रान्तिको वेला जनताले राजनीतिक पार्टीहरुलाई आफ्ना सेवकको रुपमा विश्वास गरे तर पार्टीहरु सत्तामा पुगे पछि आफूलाई शासित र पार्टीहरुलाई शासकको रुपमा देख्न थाले ।

अनेक राजनीतिक परिवर्तनपछि प्रत्येकपटक सत्तामा पुग्नेहरुको जीवनमा आमुल परिवर्तन आयो । तर, पुस्तौंदेखि श्रम बेचेर वाँच्नेहरुको जीवन जहाँ को तहीँ रहयो । प्रसस्त पैंसा हुनेको लागी जुन व्यवस्था आए पनि सुख–चयन कायमै रहने तर देश वनाउने श्रमजीवी वर्ग जहिले पनि दुख–कष्ट र आँसुमा वाँच्न पर्ने विवस्ता छ ।

अहिले पनि नेपाली समाजमा धनी र गरीबको बीचमा आकाश–जमीनको भिन्नता छ । देशको समग्र अर्थतन्त्र केही निश्चित सम्पन्न वर्गको नियन्त्रणमा छ । भ्रष्टाचार निरन्तर बढ्दो अवस्थामा छ । आम जनताको जीवन सम्पूर्ण रुपमा बाहिरवाट आयातित बस्तुमा निर्भर छ । कृषि प्रधान मुलुक, खाद्यान्नमा समेत पर निर्भर बन्दै गएको छ । यसलाई बदल्ने कसरी ? अहिलेको ज्वलन्त प्रश्न हो यो ।

हामीले जनतामा निकै ठूलो सपना देखायौं, आशा जगायौं, यसमा सफलता प्राप्त गर्‍यौं तर श्रमजीवी जनताले यो देशमा काम गर्छुभन्दा काम पाएनन्, काम पाए पनि भरपेट खान पाएनन्, बेघरबारहरुले वास पाएनन्, गरीबहरुले औषधी उपचार पाएनन् र उनीहरु विभिन्न राजनीतिक पार्टीका भोट व्यांक मात्रै भए । उनीहरुलाई कसैले राजनीति सिकाउँदैन, पार्टीमा संगठित गर्दैन, उनीहरुबाट नेता बनाउँदैन, केवल भोट मात्रै माग्छ ।

हरेक निर्वाचनमा विपन्न वर्गलाई खरिद विक्रीको साधन बनाइन्छ । तर पार्टीको सचेत कार्यकर्ता बनाईदैन । अवत जनप्रतिनिधिको लागि उम्मेदवार वन्न मात्र होइन पार्टीको सक्रिय कार्यकर्ता र नेता बन्न पनि राम्रै आर्थिक हैसियत नभै नहुने अवस्था बनेको छ । अहिले हाम्रो देशमा कम्युनिष्ट पार्टीको सरकार छ ।

जनताले कम्युनिष्ट पार्टीलाई विश्वास गरेर भारीमतले विजयी बनाएर सत्तामा पठाएका छन् । कम्युनिष्ट पार्टीको दस्तावेजमा ‘हाम्रो पार्टी सर्वहारा–श्रमजीवी वर्गको पार्टी’ भनेर यत्र–तत्र उल्लेख गरीएको छ तर लेखाई र गराइमा आकाश पातालको फरक देख्दा मान्छे रनभुल्लमा परेका छन् । यो स्थितीलाई बदल्ने कसरी ? यति बेलाको सबै भन्दा केन्द्रीय प्रश्न यही हो । हिजो क्रान्ति कालमा धेरै समस्याको समाधान गरियो, क्रान्तिपछिको अहिलेको अवस्था अझ बढी चुनौतीपूर्ण छ ।

राजतन्त्रको अन्त्यपछि नेपाली जनताले कम्यूनिष्ट पार्टीलाई झण्डै दुई तिहाइ नजिकको मत दिएर सत्तामा पुर्‍याएका छन । जनताले कांग्रेस र कम्युनिस्टलाई शान्तिपूर्ण आन्दोलन र शसस्त्र आन्दोलनमा साथ दिए, आलो पालो निर्वाचनमा जिताए, सत्तामा पुर्‍याए ।

यो देशका लाखौं श्रमजीवी जनताले अहिले नै पानी जहाज, उत्तर दक्षिण रेल र अहिले नै युरोप बराबरको समृद्धि चाहियो भनेर माग गरेका छैनन् । वेराजगारलाई सानै भए पनि काम चाहियो, सानो भए पनि बस्ने बास चाहियो, काम गरेर बाँच्नको लागी गाँस चाहियो, न्यूनतम स्वास्थ्योपचार र शिक्षा चाहियो, वाँच्नको लागी पिउने पानी चाहियो आदि । जनताका यिनै आवश्यकताहरु पूरा गर्दै जाँदा जनता खुसी हुँदै जाने छन् र देश समृद्ध हुँदै जाने छ ।

सरकारका राम्राराम्रा नीति कार्यक्रम र बजेटहरु बने । तिनले जनतामा भरपूर आशा जगाए । तर, आवश्यकता पूरा भएनन् । यसले जनतामा असन्तुष्टि बढायो । देशको योग्य र सक्षम जनशक्ति निर्यात गर्ने तर खाने चीज अरु देशवाट आयात गर्नु पर्ने अहिले सम्मको उल्टो परिपाटीलाई सुल्टाउने कसरी ?

आजसम्मको दुनियाँको इतिहास भनेको जनताले आफ्नो जीवीकोपार्जनको लागि निरन्तर संघर्ष गर्दै आएको कथा बाहेक केही होइन । सरकारले जनताका तत्कालका समस्याहरु हल गर्दै जाने हो भने कुनै पत्रकारले प्रचार गर्नु पर्दैन, कसैले नेतृत्वको प्रशंसा गर्नु पर्दैन, सरकार र नेतृत्वको पक्षमा जनता आफै सडकमा उत्रने छन् । कसैले विरोध गर्‍यो कि प्रशंसा गर्‍यो भनेर टाउको दुखाउनु भन्दा जनताले परिणामबाट थाहा पाउने गरी काम गरीयो भने बाँकी धेरै समस्याको समाधान हुँदै जाने छ ।

श्रमजीवी जनताले रोजगारी पाएर मात्रै पनि उनीहरुको वास्तबिक अधिकार प्राप्त हुन सक्दैन । प्रमुख रुपले उनीहरुको उत्पादनका साधन माथिको स्वामित्व स्थापित हुनु पर्छ । अहिलेको राजनीतिक परिवर्तनमाथि उत्पादनका साधनमा श्रमजीवी जनताको स्वामित्व स्थापित गर्न सकियो भने मुलुक एक्काईसौं शताव्दीको समाजवादी चरणमा प्रवेश गर्ने छ । नेपालको संविधान निर्माण गर्दा हामी कम्युनिष्टहरुले सोचेको कुरा त्यही हो ।

यत्रो ठूलो राजनीतिक परिवर्तनपछि पनि सधैभरी पहिले जस्तै केही मुठीभरका दलाल पुँजीपतिवर्गको प्रभुत्व कायमै रहने हो भने जनता फेरि संघर्षमा उत्रनुको विकल्प हुँदैन । राजनीतिक व्यवस्थाको परिवर्तन जनताले केवल भोटहाल्नको लागि मात्रै ल्याएको होइन, उनीहरुको जीवनमै परिवर्तन ल्याउनको लागि हजारौँको बलिदान भएको हो ।

यति बेला मूलभूत रुपले जुन–जुन विषयमा केन्द्रित हुनु पर्ने हो त्यसमा जोड लगाउनुको साटो नागरिकता विधेयकदेखि भूमि सम्बन्धी विधेयक सम्म आइपुग्दा उत्पन्न विवादास्पद र विरोधाभाषपूर्ण विषयहरु अघि बढाउन खोज्दा जतासुकै असन्तोष र आक्रोस बढ्दै गयो ।

यतिवेला राजतन्त्रको अन्त्यपछि नेपाली जनताले कम्यूनिष्ट पार्टीलाई झण्डै दुई तिहाइ नजिकको मत दिएर सत्तामा पुर्‍याएका छन । जनताले कांग्रेस र कम्युनिस्टलाई शान्तिपूर्ण आन्दोलन र शसस्त्र आन्दोलनमा साथ दिए, आलो पालो निर्वाचनमा जिताए, सत्तामा पुर्‍याए । जनताले यहाँ भन्दा गर्नु पर्ने सहयोग केही वाँकी छैन ।

नेपालको आजसम्मको इतिहासले राजनीतिक पार्टीहरुलाई धेरै पाठ सिकाएको छ । यसलाई वर्तमान नेतृत्वले गंम्भिर रुपमा लिनु पर्छ । त्यसको लागी सर्वप्रथम आफ्नै पार्टी भित्रको अन्र्तविरोधलाई ठिक किसिमले समाधान गर्नु जरुरी छ । त्यसपछि कतिपय राष्ट्रिय महत्वका मुद्दामा प्रमुख प्रतिपक्ष लगायत विभिन्न राजनीति पार्टीहरुसँग पनि सहमति खोज्नु पर्छ ।

मुल रुपमा जनताका ज्वलन्त समस्या समाधानको लागि आफ्नो भए भरको शक्ति र वुद्धि लगाउन जरुरी छ । यो शक्तिलाई केही निश्चित व्यक्तिको व्यक्तिगत महत्वाकांक्षा, नीजि स्वार्थ अनि गुटगत स्वार्थको लागि प्रयोग गर्ने या यो अवसरलाई सम्पूर्ण रुपमा देश र जनताको हितमा प्रयोग गर्ने यो नै अहिलेको सवै भन्दा महत्वपूर्ण प्रश्न हो । एउटा बाटो असफलताको बाटो हो भने अर्को यो देशको उज्यालो भविष्य निर्माणको बाटो हो । मिलेर देश बनाउने कि आपसमा झगडा गरेर देश बर्बाद पार्ने ? कुन बाटो रोज्ने ?

गत प्रदेश सभा र संघीय संसदको निर्वाचनको बेला दुई कम्युनिस्ट पार्टीद्वारा प्रकाशित घोषणापत्र त्यसका नीति एवं सारभूत विचारहरुको सम्वन्धमा लाखौं जनताकोबीचमा व्याख्या विश्लेषण भयो । निर्वाचन पछि दुई पार्टीबीच एकीकरण हुने घोषणाले आम जनसामुदाय र दुबै पार्टीका हजारौं नेता कार्यकर्ताहरुमा अभूतपूर्ण उत्साह सिर्जना गर्‍यो । परिणामत : आम जनताले दुई पार्टीबीचको एकीकरण र दुबैको सारभूत विचारलाई समेत स्वीकार गरे । तर पार्टीले अहिलेसम्म एकीकरणको काम पूरा नर्गनु नेत्तृत्वको कमजोरी बाहेक केही होइन । अरु कसैलाई दोष दिएर मूल नेत्तृत्व उम्कन पाउँदैन ।

बारम्बारको राजनीतिक अस्थिरताले आजित भएका जनताले कम्युनिस्ट पार्टीलाई ठूलो विश्वास गरे । कम्युनिस्ट बहुमतको सरकार बनेपछि ढुक्कसँग पाँच वर्षको सरकार चल्ने छ । देशले काँचुली फेर्ने छ, भन्ने विश्वासले जनताले यति धेरै मत दिएका छन् । जनताको यो विश्वासलाई नेत्तृत्वले गम्भिर रुपमा लिनु पर्छ र मुलुक कुनै कारणले अस्थिरताको दुश्चक्रमा फस्न नपाओस् भन्ने बारे चनाखो बन्नै पर्छ । कुनै पनि विषयलाई कारण वनाएर कम्युनिस्ट पार्टीको पाँच वर्षको कार्यकाललाई बीचैमा अन्योलग्रस्त पार्ने काम यदी भयो भने जनताले नराम्रोसँग दण्डित गर्ने निश्चित छ । त्यो त जनता माथिको घोर विश्वासघात हुनेछ ।

अबको राजनीतिले मुलतः नेपाली जनताका युगौदेखिका पीडा र व्यथाहरु बोक्नु पर्छ । वर्षेनी सयौं युवाहरुका मृत शरीर काठको बाकसमा फर्किरहेको दृश्य कहिलेसम्म हेरी रहने ? तीनका बृद्ध बाबु आमा, छोरा–छोरी र जहान परिवारका रोदन, पीडा र छटपटी कतिसम्म सहेर वस्ने ?

अहिलेको अनुकुलतालाई नेत्तृत्वले पार्टी र सरकारमा आफनो एकल नेत्तृत्व स्थापीत गर्ने अवसरको रुपमा होइन जनतालाई अधिकतम रुपमा अधिकार सम्पन्न वनाउने र पार्टीमा नयाँ लोकतान्त्रिक उदाहरण प्रस्तुत गर्ने तरिकाले अघि बढ्न सक्नु पर्छ । नेपाली राजनीतिमा अहिलेको युगमा जति शक्तिको केन्द्रिकरण गर्दै गयो त्यति नै क्षयीकरण हुन्छ भन्ने कुरा राम्रोसंग बुझन जरुरी छ । कम्युनिस्ट राजनीति कुनै अमुक नेताको गुटगत स्वार्थ र महत्वाकांक्षा पूरा गर्ने हतियार होइन । यो त विशुद्ध जनताको सेवा गर्ने माध्यम मात्रै हो ।

यतिवेला नेपाली राजनीतिमा एकातिर दक्षिणपन्थी अतिवादले धर्मलाई हतियार वनाएर टाउँको उठाउँन खोज्दै छ भने अर्को तिर उग्रवामपन्थी अतिवादका अराजक गतिविधिहरु देखा पर्दै छन् । यी दुवैलाई प्रत्यक्ष वा परोक्ष रुपमा कतिपय वाह्यशक्तिको आशिर्वाद रहने पक्का छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपयुक्त दुई खाले प्रबृत्तिलाई कुनै न कुनै रुपमा वर्तमान सरकारलाई कमजोर पार्नको लागी उपयोग गर्न सक्छ । यस्तो अवस्थामा चोरलाई दोष दिनु भन्दा पहिले आफ्नै घरको ताला वलियोसँग लगाउनु बुद्धिमानी ठहर्छ । घरको ढोका खुला राखेर हिंडने अनि चोरलाई मात्र दोष दिने गर्न थालीयो भने जनताले उल्टै हामीलाई मुर्ख ठान्ने छन् ।

यति बेला मूलभूत रुपले जुन–जुन विषयमा केन्द्रित हुनु पर्ने हो त्यसमा जोड लगाउनुको साटो नागरिकता विधेयकदेखि भूमि सम्बन्धी विधेयक सम्म आइपुग्दा उत्पन्न विवादास्पद र विरोधाभाषपूर्ण विषयहरु अघि बढाउन खोज्दा जतासुकै असन्तोष र आक्रोस बढ्दै गयो । जनतामा अन्योलता छायो, पार्टीको संसदी दलमै एकरुपता भएन । पार्टी कमिटिहरु बेखबर रहे । यसवाट विरोधीले फाइदा उठाए । यसमा नेत्तृत्वको सोचमा रहेको समस्या अनि कार्यशैलीमा रहेको त्रुटी प्रमुख जिम्मेवार छ । अव यी तमाम कुरालाई सच्याउनुको विकल्प छैन ।

यो देशमा जन्मेर दुई छाक खाने र बाँच्ने उपाय नभएर विदेशका बेश्यालयमा बेचिन बाध्य भएका ती हजारौं दिदी बहिनीकोे चित्कार कहिलेसम्म सुनी रहने ? यी लगायत अन्याय, अत्याचार र विभेदमा परेर कष्टपूर्ण जीन्दगी बिताउँदै आएका लाखौं जनताको जीवन वदल्ने कस्ले ?

अबको राजनीतिले मुलतः नेपाली जनताका युगौदेखिका पीडा र व्यथाहरु बोक्नु पर्छ । वर्षेनी सयौं युवाहरुका मृत शरीर काठको बाकसमा फर्किरहेको दृश्य कहिलेसम्म हेरी रहने ? तीनका बृद्ध बाबु आमा, छोरा–छोरी र जहान परिवारका रोदन, पीडा र छटपटी कतिसम्म सहेर वस्ने ? कसरी लाखौं बेरोजगार युवा लाई देशभित्र उत्पादनमूलक काममा लगाइ देशको डरलाग्दो व्यापार घाटा न्यूनीकरण गर्दै जाने ? देशका लाखौं सकुम्वासीका समस्या कहिले समाधान गर्ने ?

वैशाख–जेठको टन्टलापुर घाम र पुष–माघको ठिहिरोमा दिनको १८ घण्टा खेतवारीमा काम गर्दा पनि भरपेट खान र एकसरो लाउन नपाउने किसानका समस्या कहिले हल गर्ने ? देशभरका तमाम कलकारखाना, तमाम व्यक्तिका आवास गृह देखी ठुला–ठुला शहर–बजार अनी स्कुल, अस्पताल र राजमार्गदेखि, पुल, नहर जस्ता तमाम विकाशका संरचना निर्माण गर्ने मजदुरको जीवन वदल्ने कसरी ? दिन भरको ट्न्टलापूर घाममा खोला र नदी किनारमा ढुँगा–गिटी कुट्ने बृद्ध–बृद्धा र वालवालीकाको कष्टपूर्ण जीन्दगी फेरीन्छ कहिले ?

यो देशमा जन्मेर दुई छाक खाने र बाँच्ने उपाय नभएर विदेशका बेश्यालयमा बेचिन बाध्य भएका ती हजारौं दिदी बहिनीकोे चित्कार कहिलेसम्म सुनी रहने ? यी लगायत अन्याय, अत्याचार र विभेदमा परेर कष्टपूर्ण जीन्दगी बिताउँदै आएका लाखौं जनताको जीवन वदल्ने कस्ले ? अहिलेको यो राजनीतिक परिवर्तन जनताका यस्तै–यस्तै समस्यासँग गाँसिएको छ । यतिवेला विभिन्न तहको राजनीतिक नेत्तृत्वले गरीब जनताको जीवन बदल्नको लागी समर्पित हुनु अहिलेको आवश्यकता हो । ती समस्याको समाधान यतिबेलै गर्ने हो ।

भर्खर

0