नेकपामा स्कुल विभाग विवाद : उदाउँदा ईश्वरलाई प्रचण्ड पर्खाल | Khabarhub Khabarhub

नेकपामा स्कुल विभाग विवाद : उदाउँदा ईश्वरलाई प्रचण्ड पर्खाल


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीका अत्यन्त विश्वासपात्र सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले गत साउन ९ गते सञ्चार मन्त्रीको हैसियतमा नभइ नेकपाको केन्द्रिय समितिको सदस्यको रुपमा बोल्दै भने-‘सबैकुरा मन पर्छ तर तिमी चाहि मन परेन भन्न मिल्छ कि मिल्दैन ?’ सञ्चार मन्त्रालयको हलमा रोमान्टिक हुँदै मन्त्री बास्कोटाले यसो भनेपछि पत्रकारहरु गलल्ल हाँसे । थोरै मन्त्री बास्कोटा पनि मुस्काए ।

खासमा कुरा के थियो भने उनलाई पत्रकारले नेकपा भित्रको स्कुल विभागको विवादको जड कारण के हो ? भनेर प्रश्न गरेका थिए । उनले पनि मन्त्रीको हैसियतमा नभई नेताको हैसियतमा उत्तर दिए । गत साउन ७ र ९ गते सचिवालय बैठक स्थगित भएको थियो र मन्त्री बास्कोटाको जवाफ पछि पनि साउन १२ गते फेरि बैठक सुचनाकै भरमा स्थगित भयो । र, साउन १३ गते बल्लतल्ल एक घण्टा बैठक त बस्यो तर यसले कुनै निर्णय गर्न सकेन। १५ दिन पछि फेरि बैठक बस्ने गरी सचिवालय बैठक स्थगित भयो ।

नेकपामा यतिवेला सचिवालय बैठकभन्दा पनि स्कुल विभाग असाध्यै पेचिलो भएको छ । सम्भवत पुष्पलालले नेकपा गठन गरेपछि स्कुल विभागमा यतिधेरै बहश र विवाद भएको यो पहिलो पटक हुनुपर्छ । नेकपाकै एक नेताका अनुसार स्कुल विभाग र यसले गर्ने कामको सवालमा महासचिव पुष्पलाल असाध्यै संवेदनशील थिए । स्कुल विभागले प्रशिक्षण चलाए नचलाएको उनी वारम्वार खैखवर लिने गर्दथे । तर, त्यसयता शीर्ष तहबाट उतिसारो चासो लिने चलन थिएन । तर १४ महिना पहिला एमाले र माओवादी मिलेर भीमकाय नेकपा बनेपछि भने पहिलो पटक स्कुल विभागमा विवाद भएको छ ।

नेकपालाई लामो समयदेखि जानेका मानिसहरुको कुरा सुन्ने हो भने असाध्यै विवाद भयो भने स्कुल विभाग कि त अध्यक्षद्धयले नै लिनेछन कि तेस्रो ब्यक्तिलाई दिइनेछ ।

खासमा स्कुल विभागमा यति धेरै विवाद गर्नुपर्ने कुरा के छ ? नेकपा भित्र मात्र होइन अहिले नेकपा बहिर पनि यो स्कुल विभागमा के छ ? भनेर बहश हुन थालेको छ । नेकपाकै नेता योगेश भटटराइको शब्दमा भन्ने हो भने हेडसर हुन यति धेरै उत्सुकता र विवाद किन भइरहेको छ ?

नेकपालाई राम्रोसँग वुझेका र पहिले स्कुल विभाग पनि चलाईसकेका नेता बेदुराम भुषालको विचारमा स्कुल विभागमा यति धेरै विवाद हुनुपर्ने कुनै कारण छैन । तर, यो विषय यति धेरै प्रतिष्ठाको विषय बनेको छ कि अब पुर्व एमाले र पुर्वमाओवादी दुवै पछि हटने अवस्थामा छैनन् । खासमा नेकपा भित्रको स्कुल विभागको विवाद विभागको जिम्मेवारी लिने सवालमा भन्दा पनि यसमा अध्यक्ष केपी ओलीले पुर्वमहासचिव ईश्वर पोखरेललाई जिम्मेवारी दिने भएपछि विवादमा परेको हो । पुर्वएमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद मान्ने र यसको वकालत गर्दै आएका पोखरेललाई स्कुल विभाग दिँदा एमालेको सैद्धान्तिक पक्षको जित हुने पुर्वमाओवादीको ठम्याई छ । यसैकारण अध्यक्ष ओलीले पोखरेललाई विभाग प्रमुख प्रस्ताव गर्ने वित्तिकै अर्का अध्यक्ष दाहालले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई विभाग प्रमुखको जिम्मेवारी दिनुपर्ने अडान राखे ।

नेकपा भित्र पुर्वमाओवादीको ठम्याई कस्तो छ भने पुर्वएमालेको धारको प्रतिनिधित्व अब विस्तारै केपी ओलीपछि ईश्वर पोखरेलले लिन थालेका छन । उनी पुर्वएमालेलाई गोलबद्ध गरेर सो समुहको नेतृत्व गर्न कोशिश गरिरहेका छन । दुई अध्यक्षले चलाईरहेको नेकपामा केपी ओलीपछि नेता को हो ? भनेर तीव्र बहश जारी छ । यस्तो बेलामा पुर्व एमालेको धारको नेतृत्व गर्न पोखरेल तम्सिएपछि उनी माथि पुर्वमाओवादीले आक्रमण शुरु गरेको हो । र, रोचक पक्ष के छ भने यसमा पुर्वएमालेका माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम पनि मिसिएका छन। यसैकारण प्रचण्ड समुह हौसिएका छन भने पुर्वएमाले पोखरेलको रक्षमा खडा हुन थालेको छ । यसैकारण गत साता सञ्चार मन्त्रीसमेत रहेका नेकपा नेता बास्कोटाले प्रचण्ड समुहलाई इंगित गर्दै भने–गुट र पुर्वगुट छन र तिनको ब्यवस्थापन गर्न कठिन छ भने विचार गरौं नत्र मुलबाटो नहिडी भीरको बाटो हिंडयो भने लडिन्छ ।

स्कुल विभागको नेतृत्व पाउनुपर्छ भन्ने पोखरेल मात्र होइन मन्त्री बास्कोटा पनि नेकपाको मुल नीति जनताको बहुदलीय जनवाद हो भन्न हिचकिचाउन नपर्ने बताउछन । उनले यसैकारण भनेका हुन–गम्लंग अंगालो हालेपछि लजाउनुपर्ने कारण छैन । अब जबज मान्दिन भन्नुको अर्थ छैन ।

नेता बास्कोटाको विचारबाट प्रष्ट हुन्छ कि पुर्वएमाले कुन लाईन र विचारबाट अघि बढन चाहन्छ भनेर । स्कुल विभागको सन्दर्भमा पुर्वमाओवादी अहिले के सोचिरहेको छ भनेर जान्नु पनि जरुरी छ । नेकपा स्थायी समिति सदस्य तथा पुर्वमाओवादी नेता मणि थापाका अनुसार, अब स्कुल विभागको नेतृत्व प्रतिष्ठाको विषय बनिसक्यो । जो पछि हटयो उसले आफु हारेको ठान्नेछ ।

नेकपा भित्रको विवाद कति बढेछ भन्ने कुरा सोमवार मुश्किलले एक घण्टा बसेको नेकपा सचिवालय बैठक विवाद समाधान गर्नतिर नलागी १५ दिनको लागि स्थगित गर्नुले नेकपा कुन मुडमा अघि बढिरहेको छ भनेर प्रष्ट वुझन सकिन्छ ।

झट्ट हेर्दा नेकपा भित्र स्कुल विभागको विवाद केवल सानो कुरा जस्तो देखिन्छ तर यो विवाद अब पार्टीको नेतृत्व कसले लिन्छ भन्ने र जबजको लाईनको हार वा पराजय के हुनेछ भन्नेसम्म पुगेको छ ।

अझ नेकपाको बहुआयाम भनौं वा इन्द्रधनुष चरित्र वुझने हो भने एक पटक बेदुराम भुषालका कुरा सुन्न जरुरी छ । उनी भन्छन–नेकपाको स्कुल विभागमा न ईश्वर पोखरेल उपयुक्त छन न नारायणकाजी श्रेष्ठ । यसमा सवैभन्दा उपयुक्त मै हो । नेता भुषाल मात्र होइन, अर्का विद्वान नेता घनश्याम भुषाल पनि यहि रेसमा लागेका छन ।

तर, यसमा अब नेकपाले कुन निर्णय लिन्छ भन्ने अझै प्रष्ट भइसकेको छैन । तर नेकपालाई लामो समयदेखि जानेका मानिसहरुको कुरा सुन्ने हो भने असाध्यै विवाद भयो भने स्कुल विभाग कि त अध्यक्षद्धयले नै लिनेछन कि तेस्रो ब्यक्तिलाई दिइनेछ । यसबाट थाहै नदिइ सुटुक्क महासचिवबाट हटाइएका ईश्वर पोखरेललाई भने असाध्यै चोट पर्नेछ ।

स्कुल विभागको विवादमा पुर्वएमाले भित्रकै पनि माधव, झलनाथ र वामदेवले किन ईश्वरको साथ दिएनन भन्ने पनि रोचक प्रसंग छ ।

एक प्रसंग यस्तो पनि…

त्यतिवेला नेकपा एमाले नै थियो । पार्टी अध्यक्ष झलनाथ खनाल थिए । र, उनी प्रधानमन्त्री निर्वाचित भए । यसपछि पार्टीको स्कुल विभागको जिम्मेवारी अर्का नेता बेदुराम भुषालको काँधमा आयो । नेकपा एमालेको इतिहासमा अध्यक्ष बाहेकको ब्यक्तिले स्कुल विभाग चलाएको यो पहिलो घटना थियो । भुषाल त्यस्ता मानिस हुन जसले स्कुल विभाग चलाएपछि ब्यवस्थित रुपमा नै पाठयक्रम प्रकाशित गरेर स्कुल सञ्चालन गरे । स्कुल विभागले राजनीति मात्र होइन, अर्थशास्त्रदेखि दर्शनशास्त्रसम्म यहाँ प्रशिक्षण दिइन्थ्यो । स्वयम भुषालले चाहि दर्शनशास्त्र अध्यापन गराउँथे ।

तर यसै बेलामा भुषालले तत्कालिन बल्खुमा रहेको पार्टी कार्यालयको पछाडिपटिको जमिनमा स्कुल विभागकै कोषबाट भवन बनाउने र नियमित स्कुल सञ्चालनको अनुमति मागे । संयोग कस्तो भने अनुमति दिनुपर्ने थियो–ईश्वर पोखरेलले । तर,उनले अनुमति दिएनन । र, भुषालको योजना यतिकै कागजमा मात्र सीमित रहयो ।

समय कति बलवान हुन्छ भने अहिले उनै ईश्वर पोखरेल स्कुल विभागमा दावेदारी गरिरहेका छन । झट्ट हेर्दा नेकपा भित्र स्कुल विभागको विवाद केवल सानो कुरा जस्तो देखिन्छ तर यो विवाद अब पार्टीको नेतृत्व कसले लिन्छ भन्ने र जबजको लाईनको हार वा पराजय के हुनेछ भन्नेसम्म पुगेको छ ।

किनभने ईश्वरले स्कुल विभाग लिए केवल यो विभाग मात्र लिनेछैनन । उनले जबजको प्रशिक्षण पनि थाल्नेछन र अर्को महाधिवेशमा आफुलाई अध्यक्षको रुपमा उभ्याउन पछि पर्ने छैनन । यति कुरा बुझेको पुर्वमाओवादीले यतिवेला नै माधव र वामदेवको साथ लिएर ईश्वरलाई तह लगाउने अश्त्रको रुपमा स्कुल विभागलाई प्रयोग गरिरहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  १ : २३ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६