टि–२० आईका लागि मलेसियाको विकल्प थिएन– कप्तान खड्का | Khabarhub Khabarhub

टि–२० आईका लागि मलेसियाको विकल्प थिएन– कप्तान खड्का


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले सिंगापुरमा हुने टि–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारी राम्रो भएको बताएका छन् ।

सिंगापुरमा हुने प्रतियोगिताका लागि नेपाली टोली अहिले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा बन्द प्रशिक्षणमा छ । सिंगापुर जानु अगाडि नेपाली टोलीले मलेसियामा एक हप्ताभन्दा लामो समय अभ्यास गर्नेछ । त्यही क्रममा नेपाली टोलीले मेलेसिया राष्ट्रिय टोलीसँग टि–२० अन्तर्राष्ट्रिय खेल्नेछ ।

आईसीसीले मलेसियामा अभ्यास गर्ने नेपाली टोलीलाई अन्तर्राष्ट्रिय खेलको व्यवस्था मिलाइ दिएको हो । आइतबार सिंगापुर जाने १४ सदस्यीय नेपाली टोलीको घोषणा पनि गरिसकेको छ । टोलीमा खेलाडी भने यसअघिकै अनुहार अटाएका छन् । तर, पछिल्लो केही खेलमा नेपाली टोलीबाट बाहिर रहेका शरद भेषावकर टोलीमा फर्किएका छन् ।

आइतबार कप्तान खड्काले पत्रकार सम्मलेनमा बोल्दै टि–२० विश्वकप छनोटका लागि सन्तुतिल टोली बनेको बताएका छन् । ‘तयारी राम्रो छ । पछिल्लो समय सबै खेलाडीहरु घरेलु लिगमा व्यस्त थिए । सबै जना क्रिकेट खेलिरहेकाले पछिल्लो १ वर्षमा राम्रो गर्ने खेलाडीहरु टोलीमा रहेका छन्,’ कप्तान खड्काले भने ।

विश्वकप छनोटमा अन्य टोलीभन्दा वरियतामा माथिल्लो स्तरमा रहेको नेपाली टोलीमाझ जीत निकाल्नु पर्ने दबाब रहेको कप्तान खड्काले बताए ।

‘अरु भन्दा नेपाल माथिल्लो स्तरमा छ । टिमलाई जित दिलाउनु पर्ने भएकाले म माथि पनि दबाब छ,’ उनले भने, ‘ हामीसँग अरु विकल्प नै थिएन । पछिल्लो ४–५ महिनामा हामीले ओडिआई टिमसँग खेल्ने प्रयास गर्‍यौं । कुनै पनि टिम उपलब्ध नभएपछि हाम्रो लागि एकमात्रै विकल्प मलेसिया थियो । यस्तै, सिंगापुर र मलेसिया एउटै मौसम हुने भएकाले हामीले त्यहाँ अभ्यास गर्न लागेका हौं ।’

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ११ : २८ बजे

सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले

महानगरको निजी विद्यालयलाई निर्देशन : एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिनु

काठमाडौं– काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरूले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि

कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल

काठमाडौं– कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल भएको छ । नेकपा

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु