हिले दौडको उपाधि सोनी र विकासले जिते | Khabarhub Khabarhub

हिले दौडको उपाधि सोनी र विकासले जिते


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- राष्ट्रिय धान दिवसको अवसरमा विर्ताबेँसीमा खुल्ला हिलेदौड प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय खेलको संरक्षण गरी हिलो र माटोसँग किसानको सम्बन्ध स्थापित गर्न आयोजित प्रतियोगितामा हिलोतर्फ नलाङका सोनी गुरुङ प्रथम, धुनीबेँसीका रसिला तामाङ द्वितीय र ललितपुरका निरजला ताम्राकार तृतीय भएका छन्।

त्यसैगरी पुरुषतर्फ सङ्खुवासभाका विकास राई प्रथम, कैलालीका किरण मल्ल द्वितीय र नेपालगञ्गका खिमबहादुर खत्री तृतीय भए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश रु ५० हजार, रु ३० हजार र रु २० हजार नगदसहित सिल्ड र कप प्रदान गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले तीन सय मिटर हिलो खेतमा दौड प्रतियोगितामा भाग लिनेलाई पुरस्कार प्रदान गरे । प्रतियोगितामा हिलोतर्फ २३ जना महिला र ८२ जना पुरुषले सहभागिता जनाएका थिए । जसमा एक जना विदेशी नागरिकसमेत रहेका थिए ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ८ : ३६ बजे

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण