धान खेती छाडेर ग्रामीण क्षेत्रमा गाँजा खेती मौलाउँदो ! | Khabarhub Khabarhub

धान खेती छाडेर ग्रामीण क्षेत्रमा गाँजा खेती मौलाउँदो !



काठमाडौं- असार १५, अर्थात् आज किसानको पर्व । सरकारले असार १५ लाई धान दिवस त घोषणा गर्‍यो तर, धानको उत्पादन कसरी बढ्छ भन्नेतर्फ उचित काम भने गर्नै सकेको छैन ।

अहिले पनि आकाश हेरेर माटोमा जीवन खोज्नुपर्ने बाध्यताबाट किसानहरु प्रताडित छन् । यतिसम्म कि छिमेकी मुलुकमा धान चामल बाँड्ने इतिहास बोकेको नेपालका लागि त्यो गौरवमय इतिहास आफैलाई चहर्‍याउने घाउ बनेको छ ।

नयाँ पुस्तालाई त यो समाचार नै ठट्टा बन्ने अवस्था छ । कर्मको खेती गर्न खेतमा जोतिनुपर्ने जनशक्ति अरबको आगोसरी तातोमा ज्यान डडाउँदै पसिना चुहाएर श्रम गर्न बाध्य छन् ।

१२ महिना पानी लाग्ने पारिलो टारीखेत बाँझो पल्टिएको छ, शहरीकरणका नाममा बाटो नजिकका सबै जमिन प्लटिङ भएका छन् । एक महिनामात्र मेहनत गरे वर्षभरी पुग्ने खाद्यान्न उत्पादन हुने धेरै जमिन बाँझा छन् । जग्गा बाँझो राखेर विदेशी बोरामा आउने चामलको आसमा बस्नुपर्ने बाध्यता झन् बढ्दै जाने अवस्था छ ।

बरु नेपाली किसान धान छाडेर लागुऔषधको अवैध खेतीतर्फ आकर्षित बनेका छन् । प्रहरीको तथ्याङ्क अनुसार नेपालको आधा भन्दा बढी जिल्लामा अवैध लागुऔषधको खेती हुने गरेको देखिन्छ । अझ विडम्बनाको कुरा के छ भने लागुऔषध कृषकहरुलाई भारतीय तस्करले मलदेखि विउमात्र होइन खर्चसम्म दिएर खेती गर्न लगाउने गरेका छन् ।

मलखादको अभावले पीडित बनेका किसानका लागि यो खुसीको कुरा भएपनि लागुऔषधको अवैध खेतीले निम्त्याउने भयावहस्थितिप्रति को जिम्मेवार हुने ? यसतर्फ कसैले सोच्ने प्रयास नै गरेको छैन ।

लागुऔषध विश्लेषक कृष्णप्रसाद त्रिपाठीका अनुसार नेपालमा दुई प्रकारका लागुऔषधको उत्पादन हुन्छ । एउटा गाँजा र अर्को अफिम । नेपालमा गाँजा र अफिम बाहेक भाँङ तथा धतुरो पनि उत्पादन हुन्छ । तर भाङ र धतुरो व्यावसायिक समस्याका रुपमा देखिएको छैन ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार गएको छ बर्षको अवधिमा मात्र प्रहरीले २६ हजार ८ सय ९९ किलो गाँजा तथा चरेश बरामद् गरिसकेको छ भने १ सय ८७ किलो अफिम बरामद् गरेको छ ।

कहिले कति बरामद् ?


                                                                                        स्रोतः प्रहरी प्रधान कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरो

प्रहरी प्रवक्ता विश्वराज पोखरेल भन्छ्न, ‘प्रहरीले नेपालका विभिन्न स्थानबाट वर्षेनी ठूलो परिमाणमा लागुऔषधको खेती नष्ट गर्ने गरेको छ ।’
प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको तथ्याङ्क अनुसार प्रहरीले पछिल्लो तीन वर्षको अवधिमा मात्र १ हजार २ सय ३५ विघा जग्गामा लगाएको गाँजा नष्ट गरेको छ ।

त्यस्तै, २ सय ८५ विघा जग्गामा खेती गरेको अफिम नष्ट गरेको छ । यसले के प्रश्न उब्जाएको छ भने खेती योग्य जमिनमा उत्पादन गरिने खाद्य बालीका लागि चाहिने बिउ, मलखाद नहुँदा किसानहरु पैसाको लोभमा अवैध खेती गर्न बाध्य छन् ।

यसको व्यवस्थापनका लागि स्थानीय सरकारले पहल गर्नु आवश्यक देखिन्छ । उत्पादनको मुख्य क्षेत्र ओगट्ने धान खेतीको उत्पादकत्व बढाउन सकेमात्र असार १५ को सार्थकता सिद्ध हुनेछ ।

आधाभन्दा बढी जिल्लामा लागुऔषधको खेती

लागुऔषध विश्लेषक त्रिपाठीका अनुसार अहिले नेपालका आधा भन्दा बढी जिल्लाहरुमा लागुऔषधको अवैध खेती हुँदै आएको छ ।

त्रिपाठी भन्छन्– पहिलेपहिले नेपालका ७/८ वटा जिल्लामा मात्र व्यावसायिक रुपमा गाँजा र अफिम उत्पादन हुने गरेको थियो । त्यसमध्ये तराइका केही जिल्लाहरुलगायत मकवानपुर र धादिङ पर्थे । तर अहिले रुकुम, रोल्पा, बाजुरा, भोजपुर, खोटाङ, रामेछाप लगायत पहाडी जिल्लामा व्यावसायिक रुपमा गाँजाको खेती हुने गरेको छ ।

यसबाहेका तराईका सिरहा, सप्तरी, महोत्तरी, धनुषालगायतका जिल्लामा अफिम खेती हुने गर्छ । लागुऔषध विश्लेषक त्रिपाठीका अनुसार नेपालका आधाभन्दा बढी जिल्लामा प्रत्यक्ष या अप्रत्यक्ष रुपमा लागुऔषधको खेती हुन्छ ।

यो कुरा नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख डिआइजी दिनेश अमात्य पनि स्वीकार गर्छन् । उनी भन्छन्–‘अहिले नेपालका अधिकांश जिल्लामा गाँजा तथा अफिम उत्पादन हुन्छ । अहिले पनि प्रहरीले निरन्तर रुपमा गाँजा तथा अफिम खेती नष्ट गर्दै आएको छ ।’

पूर्वडीआइजी हेमन्त मल्लका अनुसार सीमित पैसा पाउने लोभमा नेपाली कृषकहरुले गाँजा तथा अफिमको खेती गर्छन् । उनीहरुलाई गाँजा तथा अफिम खेती गर्न तस्करहरुले उक्साउने गरेको उनको बुझाइ छ । उनी भन्छन्, ‘नेपाली कृषकहरुलाई भारतीय तस्करहरु आएर गाँजा र अफिम खेती गर्न बीउ, मल तथा पैसा दिने गर्छन्, त्यसकारण ग्रामीण क्षेत्रमा गाँजा खेती मौलाउँदै गएको छ ।’

पूर्वडीआइजी मल्लका अनुसार लागुऔषधको उत्पादन विशेष गरी दुर्गमका किसानहरुले गर्ने गरेका छन् । उनीहरुलाई लागुऔषध तस्करले खर्च दिन्छन् । सोही अनुरुप गरीब किसानहरुले रोजिरोटीकै लागि पनि यस्तो खेती गर्न बाध्य छन् । त्यसैले लागुऔषधको खेती नियन्त्रणका लागि सरकारले कृषकहरुलाई विकल्पका साथ वेशेष योजना नदिए यसको भयावह  स्थिति निम्तिने खतरा बढ्दो देखिन्छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ५ : ५० बजे

आईपिएल : चेन्नईमाथि लखनउको आठ विकेटको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या