‘प्रेम गीत ३’ मा छानिएकी क्रिष्टिना भन्छिन्- अब पढाइ र अभिनय सँगसँगै लैजान्छु | Khabarhub Khabarhub

‘प्रेम गीत ३’ मा छानिएकी क्रिष्टिना भन्छिन्- अब पढाइ र अभिनय सँगसँगै लैजान्छु


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – लामो समयदेखि चर्चामा रहेको फिल्म ‘प्रेम गीत ३’ मा क्रिष्टिना गुरुङ नायिकाका रुपमा छनोटमा परेपछि उनको चर्चा हुन थालेको छ । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्ने यो फिल्ममा प्रदीप खड्का, मनिष राउत, सुनील थापा, शिव श्रेष्ठ लगायतका कलाकारको समेत भूमिका रहनेछ ।

२७ सय प्रतिस्पर्धीलाई उछिन्दै नायिकामा चुनिएकी क्रिष्टिनाले अमेरिकाको बाल्टीमोरमा ‘इन्फरमेसन सिस्टम’ विषय लिएर अध्ययन गरिरहेकी थिइन् । प्लस २ पछि थप अध्ययनका लागि अमेरिका गएकी क्रिष्टिना आमा बिरामी परेका कारण नेपाल आउने जाने गरिरहन्थिन् ।

अमेरिकामा रहे पनि नेपालमै भविष्यको खोजी गरेकी क्रिष्टिनाले अब नायिकाको परिचय बनाउँदै छिन् ।

सानैदेखि नेपाली चलचित्र क्षेत्रमा चासो राख्ने क्रिष्टिना विदेशमा हुँदा झनै बढी नेपाली चलचित्र क्षेत्रप्रति चासो बढेको धारणा राख्छिन् । यसैबीच हामीले ‘प्रेम गीत ३’ की ‘गीत’ लाई तपाईंलाई छनोटमा पर्छु भन्नेमा कत्तिको विश्वास थियो? भनेर सोधेका छौः

म नै छानिन्छु झैँ त लागेको थिएन तर यो चलचित्रमा अभिनय गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो ।

अचानक फिल्ममा छानिँदा कस्तो महसुस गर्नुभएको छ?

एकदमै खुशी छु । खुशीको सीमा छैन । पहिलेदेखि नै यो क्षेत्रमा । केही गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो । यो ब्यानरका बारेमा पहिलेदेखि नै थाहा थियो ।

अमेरिकादेखि नेपाल आउनुभएको छ, नेपाली फिल्मको अवस्थाबारे कत्तिको जानकार हुनुहुन्छ ?

खासमा म व्यक्तिगत कारणले अमेरिकाबाट नेपाल आएकी थिएँ । फिल्मको अडिसन हुँदैछ भन्ने थाहा पाएपछि यतै अडिसन दिने सोचेँ । नेपालमै केही गर्नु छ भनेर मौका खोजिरहेकी थिएँ । विदेशमा हुँदा नेपाली फिल्म र नेपालबारे अझै चासो हुने रहेछ । नेपालबारे अपडेटमा रहन्थेँ ।

kristina grg

उत्कृष्ट २५ मा छानिएपछि म नै छनोटमा पर्छु भन्ने विश्वास थियो ?

त्यसपछि मलाई कसरी राम्रो गर्छु भन्नेमा मात्र ध्यान थियो । जे होस्, राम्रो भयो ।

अमेरिकामा अध्ययन गर्दै गर्दा एकाएक चलचित्र क्षेत्रमा आउनुभयो, अब कुनलाई प्राथमिकतामा राख्नुहुन्छ ?

मैले अमेरिकामा ‘इन्फरमेसन सिस्टम’ पढिरहेकी थिएँ । अब चलचित्र क्षेत्रमा पनि हुन्छु । दुवैलाई मिलाएर अगाडि बढाउन चाहन्छु । अहिले चाहिँ ‘प्रेम गीत ३’ मै फोकस हुन्छु ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ४ : २८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन