‘पदाधिकारीलाई इन्धन’ शीर्षकको बजेट काटेर ‘एक रुपैयाँ’ कायम गरियोस् ! | Khabarhub Khabarhub

‘पदाधिकारीलाई इन्धन’ शीर्षकको बजेट काटेर ‘एक रुपैयाँ’ कायम गरियोस् !


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले खानेपानी मन्त्रालयको खर्च कटौतिका लागि संशोधन प्रस्ताव पेश गरेकी छिन् ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा सांसद देवकोटाले खानेपानी मन्त्रालयको ‘पदाधिकारीलाई इन्धन’ शीर्षकमा विनियोजन गरिएको बजेट कटौति गरी ‘एक रुपैयाँ’ कायम गरियोस् भन्ने संशोधन प्रस्ताव पेश गरेकी हुन् ।

सरकारले आगामी आर्थिक वर्षको खानेपानी मन्त्रालयको बजेटमा पदाधिकारीलाई इन्धनका लागि बजेट विनियोजन गरेको थियो । जुन बजेट फजुल खर्च भएकाले त्यसलाई कटौति गरेर एक रुपैयाँ कायम गर्न काँग्रेस सांसद देवकोटाको सरकारसँग माग छ । उनले चालू खर्चबाट सो बजेट कटौति गरेर जनताको शुद्ध खानेपानी खान पाउने व्यवस्थाका लागि खर्च गर्न पनि सरकारलाई सचेत गराइन् ।

सांसद देवकोटाले गरिव तथा भूकम्प पीडित जनतालाई उचित खानेपानीको व्यवस्था हुने गरी ठोस योजना ल्याउन पनि सरकारसँग माग गरिन् । उनले मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकाबासीले कहिले उपयोग गर्न पाउने हो ? भनि सरकारलाई प्रश्न गरिन् ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  १२ : २८ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को