कोपा अमेरिकाबाट बाहिरियो उरुग्वे, सेमिफाइनल समिकरण पूरा | Khabarhub Khabarhub

कोपा अमेरिकाबाट बाहिरियो उरुग्वे, सेमिफाइनल समिकरण पूरा


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोपा अमेरिका फुटबल प्रतियोगिताबाट उरुग्वे बाहिरिएको छ । आइतबार बिहान भएको खेलमा उरुग्वे पेरुसंग पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा उरुग्वे पेरुसँग ५–४ ले पराजित भयो ।

स्पेनिस महारथी क्लब बार्सिलोनाका स्टार लुईस स्वारेजको पेनाल्टी प्रहार असफल बन्दा उरुग्वे पेनाल्टी सुटआउटमा पराजित भएको हो ।

पेरुका लागि इडिसन फ्लोरेस, लुइस एड्भिन्कुला, योसिमार योटिन, राउल रुइडियज र पाओलो गुरेरोले प्रहार गरेको पेनाल्टी गोलमा परिणत भएपछि पेरुले उरुग्वेमाथि जित हात पारेको हो ।

यस्तै, उरुग्वेका लागि लुइस स्वारेजबाहेक ४ जना खेलाडीले प्रहार गरेको पेनाल्टी गोलमा परिणत भएको थिए । जसमा लुकास टोरिरा डे पासुका, रोड्रिगो बेन्टानकुर, क्रिष्टियन स्टुआन रइडिनसन काभानिले गोल गरेका थिए ।

१५ पटकको कोपा अमेरिका फुटबल च्याम्पियन उरुग्वे क्वाटरफाईनलमै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

सेमिफाईनल प्रवेश गरेको पेरुले सेमिफाईनलमा चिलीसंग प्रतिस्पर्धा गर्नेछ । आयोजक ब्राजिलले अर्जेन्टिनासंग खेल्नेछ । योसँगै कोपा अमेरिकाको सेमिफाइन्ल समिकरण पुरा भएको छ । जसमा अर्जेन्टिनाले ब्राजिल र पेरुले चिलीसँग खेल्नेछ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ११ : १३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०