उपमेयर कप महिला टिमलाई पाँच लाख पुरस्कार प्रदान | Khabarhub Khabarhub

उपमेयर कप महिला टिमलाई पाँच लाख पुरस्कार प्रदान


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिकाले उपमेयर कप महिला फुटबल प्रतियोगिता विजेता टिमलाई शनिबार यहाँ नगदसहित सम्मान गरेको छ ।

महानगरपालिका प्रमुख भीम पराजुलीले उपमेयर कप महिला फुटबल प्रतियोगिता जित्न सफल विराटनगरको टिमलाई रु पाँच लाखसहित सम्मान गरेको हो । उनले विराटनगर खेलकूदप्रति सशक्त छ भन्ने सन्देश दिइएको बताउँदै खेलकूद क्षेत्रको विकासका लागि महानगरपालिकाले नीति तथा कार्यक्रममा विशेष उल्लेख गरेको जानकारी दिए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी र महिला टिमका व्यवस्थापक उद्धव अर्यालले विराटनगरको टिमले निकै मजबुत मानिएका टोलीलाई हराएर उपाधि जितेको बताउँदै महानगरले खेलकूद नगर परिषद् गठन गरी क्रिकेट/फुटबलतर्फ ५०/५० महिला, पुरुषतर्फ १००/१०० लाई प्रशिक्षण दिई दक्ष बनाउन आउने आर्थिक वर्षमा काम गर्ने जानकारी दिए ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  १० : ५८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन