विवादित जग्गामा नक्साबिनै भवन, प्रहरीकै सुरक्षाका काम थालियो | Khabarhub Khabarhub

विवादित जग्गामा नक्साबिनै भवन, प्रहरीकै सुरक्षाका काम थालियो


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-त्रिभुवन विश्वविद्यालयसँगको जग्गा विवाद सर्वोच्च अदालतबाट नटुंगिँदै हेटौंडामा नक्सा पास नगरी कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू) को भवन बनाउन थालिएको छ। विवादका कारण अवरुद्ध भवन निर्माण कार्यका लागि शनिबार प्रहरी परिचालन गरी पुनः शुरु गरिएको कान्तिपुर दैनिकमा खबर छ ।

त्रिविसँगको जग्गा विवादकै बीच प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले करिब १० करोड लागतको पाँचतले भवन असार ९ गते शिलान्यास गरेका थिए।

शिलान्यासपछि पनि त्रिविअन्तर्गत वनविज्ञान अध्ययन संस्थान हेटौंडाका शिक्षक तथा कर्मचारीले अवरोध गरेकाले काम अगाडि बढ्न सकेको थिएन। शनिबार बिहान त्रिविका प्राध्यापक कर्मचारीले अवरोध गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। त्रिवितर्फका क्याम्पस प्रमुख विजयकुमार यादवको नेतृत्वमा करिब २२ जनाको टोली निर्माणस्थल पुगेको थियो। प्रहरीले क्याम्पस प्रमुख यादवलाई करिब ५ घण्टा नियन्त्रणमा लिएर पुनः अवरोध नगर्ने सर्तमा छाडेको छ।

‘हामीले जग्गा विवाद नसुल्झिँदासम्म कुनै पनि भौतिक संरचना नबनाउन आग्रह गरेका हौं। अवरोध गरेका थिएनौं। प्रहरीले हामीलाई नियन्त्रणमा लिएर काम अगाडि बढाएको छ,’ यादवले भने, ‘हेटौंडा–१० स्थित क्याम्पस परिसरमा भवन निर्माण गर्न करिब २ सय रूख काटिएको छ। त्यसको पनि कुनै लेखाजोखा छैन। हामीले यस विषयमा डिभिजन वन कार्यालय हेटौंडा र जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई जानकारी गराउँदासमेत बेवास्ता गरिएको छ।’

उक्त स्थानमा नयाँ भवन निर्माणका लागि रूख काटिएपछि त्रिवि पक्षले वृक्षरोपण सिन गरेको थियो। ‘अहिले हामी पानी चुहिने कोठामा पढाउने र कार्यालय सञ्चालन गर्ने गरिरहेका छौं। सम्पत्ति वितरणको विवाद सुल्झिएपछि भवनको प्रयोग जसले गरे पनि केही फरक पर्दैन। तर, नयाँ भवन बनाऔं भन्ने हाम्रो भनाइ हो। काममा अवरोध भएसँगै हामीले प्रशासनको मद्दतले लिएर काम अगाडि बढाएका हौं,’ एएफयूका डिन बलराम भट्टले भने। उनले काम रोकिँदा निर्माण कम्पनीले प्रतिदिन मेसिन र कामदारबापतको ८५ हजारदेखि एक लाख रुपैयाँसम्मको क्षतिपूर्ति माग्ने दाबी गरे।

एएफयू र त्रिविअन्तर्गत वनविज्ञान संकायको पढाइ भइरहेको यो ठाउँमा लामो समयदेखि दुई पक्षका विद्यार्थी/प्राध्यापकबीच विवाद हुँदै आइरहेको छ। एएफयूको स्थापनापछि हेटौंडामा वनविज्ञान संकायको डिन कार्यालय छ। दस वर्षअघि विश्वविद्यालय गठन भएर साढे ६ वर्षअघि वनविज्ञान संकाय डिन कार्यालय सञ्चालनमा आएपछि पहिलोपटक यत्ति ठूलो संरचना निर्माण गर्न लागिएको हो। भवन नभएकाले स्नातक र स्नातकोत्तर तहको अध्ययन बिहान, दिउँसो र साँझ गरी तीन सिफ्टमा हुँदै आएको छ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ७ : २० बजे

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र

एकै वर्षमा चार लाख २६ हजार पर्यटकले मुस्ताङ घुमे

म्याग्दी – पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार

पार्किङ गरिएको जहाज भित्रै भेटियो एक किलो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाज भित्र नै

नदी कटानका कारण साँघुरिँदै बस्ती

म्याग्दी । म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिँदै गएको