अध्यागमन कार्यालयका अधिकृतविरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा | Khabarhub Khabarhub

अध्यागमन कार्यालयका अधिकृतविरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध २ करोड बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत अर्यालविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अर्यालले २ करोड ६ लाख ८९ हजार १ सय ११ रुपैयाँ स्रोत नखुलेको (अकूत सम्पत्ति) आर्जन गरेको अभियोगमा अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले गरेको छानबिनअनुसार २३ भदौ २०५९ देखि सरकारी सेवा प्रवेश गरेका अर्यालले त्यसयता ४ करोड ५६ लाख ८१ हजार ४ सय ४१ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको देखिएको छ । अख्तियारका अनुसार अर्यालले आफू र श्रीमती सरिता नेपाल समेतको नाममा ४ करोड ५६ लाख ८१ हजार ४ सय ४१ रुपैयाँ बराबरको चल–अचल सम्पत्ति खरिद गरी राखेको एवम् लगानी गरेका छन् ।

तर, उनको वैध आयको रुपमा २ करोड ४९ लाख ९२ हजार ७ सय ३० रुपैयाँको मात्रै स्रोत खुलेको अख्तियारले जनाएको छ । अख्तियारले स्रोत नखुलेको रकमलाई अवैध मान्दै अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले अर्यालविरुद्ध २ करोड ६ लाख ८९ हजार १ सय ११ रुपैयाँ विगो तथा जरिवाना, सम्पत्ति जफत र कैद सजाय मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  २ : ५३ बजे

चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

सुनसरी– इटहरी उपमहानगरपालिका-४ स्थित मुक्तिघाटमा दाउराको हार मिलाउने र शव

आप्रवासी स्रोत केन्द्र प्रभावकारी बन्दै

म्याग्दी– रोजगारीका लागि होटलमा काम गर्न सात वर्षअघि युएई गएका

शिवम् सिमेन्टले बिक्री गर्‍यो १३ करोड ३१ लाख बोरा सिमेन्ट

काठमाडौं– शिवम् सिमेन्टले १३ करोड ३१ लाख बोरा ओपीसी सिमेन्ट

नमेटिने घाउमा माधवकुमार नेपालको अभिनय

काठमाडौं– एसिड आक्रमणबाट पीडित बनेकाहरुको कथामा आधारित फिल्म ‘नमेटिने घाउ’मा

सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन