नेपालको कम्युनिस्ट आन्दोलन गम्भीर दुर्घटनामा फस्न सक्ने प्रचण्डको चिन्ता | Khabarhub Khabarhub

नेपालको कम्युनिस्ट आन्दोलन गम्भीर दुर्घटनामा फस्न सक्ने प्रचण्डको चिन्ता


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको कम्युनिस्ट आन्दोलनका विचारको खडेरी परेका बताएका छन् ।

वैचारिक बहसमा केन्द्रित नभए नेपालको कम्युनिस्ट आन्दोलन गम्भीर दुर्घटनामा फस्ने खतरा रहेको पनि प्रचण्डको भनाइ छ ।

१ सय ३० औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले मजदुरहरुले पनि समाजवादी कित्ताको पक्षमा उभिएर अघि बढ्नुपर्ने बताए ।

विश्वमा ठूल्ठूला आन्दोलन, क्रान्ति र परिवर्तन विचारको बलमा भएको उल्लेख गर्दै प्रचण्डले भने, ‘नेपालमा पनि समाजवादको आधार निर्माण हुने गरी विचारको बहसलाई अघि बढाउन जरुरी छ ।’

अध्यक्ष दाहालले समाजवादको आधार तयार पार्न सोही अनुसारको पार्टी संगठन, विचार, कार्यशैली र संरचनाको सुधारमा सबैले जोड दिनुपर्ने बताए ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ६ : ५६ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्