प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाउने घिमिरेलाई रिहा गर्न सर्वोच्चको आदेश | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाउने घिमिरेलाई रिहा गर्न सर्वोच्चको आदेश


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाएको भन्दै पक्राउ गरिएका आरसी भनिने रुद्रप्रसाद घिमिरेलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र हरि प्रसाद फुयालको इजलाशले घिमिरेलाई रिहा गर्न आदेश दिएको हो ।

अर्घाखाँची घर भएका घिमिरेले रुपन्देहीको जितगढी विजयोत्सवमा सहभागी हुन आएका प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाएका थिए ।

घिमिरेलाई इलाका प्रहरी कार्यालय बुटवलले वैशाख ७ गते बुटवल महानगरपालिका–१ बाट नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले घिमिरेमाथि केही सार्वजनिक अपराध मुद्दामा अनुसन्धान गर्न १० दिन थुनामा राख्न आदेश दिएको थियो ।

प्रशासन कार्यालयले थुनामा राख्ने आदेश दिएपछि महेस डंगोलले वैशाख १० गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ५ : ५१ बजे

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको

पिसाब पोल्ने समस्या छ ? यी उपाय अपनाउनुस्

काठमाडौं– सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढी

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ– तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको

तनहुँको पराशर मार्गमा कालोपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की