सोमबारदेखि ओरालो लागेको शेयर बजारमा मंगलबार दोहोरो अंकको गिरावट | Khabarhub Khabarhub

सोमबारदेखि ओरालो लागेको शेयर बजारमा मंगलबार दोहोरो अंकको गिरावट


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– साप्ताहिक कारोबारको तेस्राे दिन, म‌ंगलबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । १३०० को बिन्दुमा पुगेको शेयर पुनःओरालो लागेर १२९८ बिन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेञ्चनका अनुसार मंगलबार कारोवार मापक नेप्से परिसूचक ११.७० अंकले घटेर १२९८.६० बिन्दुमा पुगेको छ । लगातार उकालो लाग्दै आएको बजार सोमबारदेखि ओरालो लाग्न थालेको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स (परिसूचक) २.७४ अंकले घटेर २७९.१० मा पुगेको छ । मंगलबार कारोवार रकम पनि आइतबार तथा सोमबारको तुलनामा घटेको छ । अघिल्लाे दिन अर्ब माथिको कारोवार भएको शेयर बजारमा मंगलबार ९५ करोडको मात्रै शेयर किनबेच भयो ।  कूल १७६ कम्पनीको २९ लाख ६७ हजार ३५८ कित्ता शेयर  ९५ करोड ८६ हजार ९३६ मूल्यमा खरीद बिक्री भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

स्टकका अनुसार कूल ११ उपसमूहको कारोवार भएकोमा दुई उपसमूहको शेयर बढेको छ भने ९ उपसमूहको शेयर घटेको छ । जलविद्युत् ४५.४९ र वित्त उपसमूहको परिसूचक १.०३ अंकले बढेको छ । बैंकिङ ९.८२, व्यापार ४.८२, होटल २४.८८, विकास बैंक २.७३, निर्जीवन बीमा २०५.३१, उत्पादन ५.३७, अन्य ६.९, लघुवित्त १८.०२ र जीवन बीमा उपसमूहको परिसूचक २०१.८२ बिन्दुले घटेको छ ।

स्टकका अनुसार घटेको बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १ हजार २ सय ७१ मूल्यमा  १६ करोड ७ हजार २ सय ५८  रुपैयाँ बराबरको कारोवार भइ शीर्ष स्थानमा रहेको छ ।

यस्तै नेपाल बैंक लिमिटेडको प्रतिकित्ता ३ सय १८ रुपैयाँ मूल्यमा ९ करोड ३१ लाख सात हजार १९८ मा कारोवार भई दोस्रो स्थानमा रह्यो । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी ३ करोड ७९ लाख ११ हजार ४८९, कुमारी बैंक ३ करोड ७६ लाख ४८ हजार १७४, सानिमा माई हाइड्रोपावर ३ करोड ४० लाख एक हजार १६६, छिमेक लघुवित्त वित्तीय संस्था २ करोड ९५ लाख ७ हजार १४९ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार सानिमा माई हाइड्रोपावर कम्पनीका शेयरधनीले ९.९६ प्रतिशतले कमाए । यस्तै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ९.७१, यूनाइटेड मोदी ८.१८, रैराङ हाइड्रोपावर ६.५९, नेशनल हाइड्रोपावरका शेयरधनीले ५.८० प्रतिशतले कमाए तर रैराङ र नेशनल हाइड्रोपावरको शेयर भने  १०० भन्दा तल रहेको छ ।

यसैगरी राष्ट्रिय बीमा कम्पनी ५.८९, एशियन लाइफ इन्स्योरेन्स ४.९५, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ४.५०, नेपाल इन्स्योरेन्स कम्पनी ३.८१, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.७८ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ५ : ३० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका