आयल निगमको कामप्रति समितिको चासो, बिहीबार पदाधिकारीसँग छलफल गर्ने | Khabarhub Khabarhub

आयल निगमको कामप्रति समितिको चासो, बिहीबार पदाधिकारीसँग छलफल गर्ने


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– संसदीय समितिले नेपाल आयल निगमको काम कारबाहीबारे चासो लिएको छ ।

संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले पेट्रोलियम पदार्थको पाईपलाईन विस्तारलगायतका योजनाको कार्य प्रगतिबारे चासो लिँदै सो सम्बन्धमा यही १९ गते बिहीबार निगमका पदाधिकारीसँग छलफल गर्ने निर्णय गरेको हो ।

पाइपलाइन विस्तार, एलपी ग्याँस र भण्डारण केन्द्र स्थापनाका विषयमा छलफल गर्न बिहीबार निगमका पदाधिकारीहरुलाई बोलाउने निर्णय गरिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए ।

समितिले बिहीबारनै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीसँग औद्योगिक क्षेत्र स्थापनालगायतका विषयमा पनि छलफल गर्ने ऐजन्डा तय गरेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ४ : ४३ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द