सिरहामा विवाह रोकियो, दुलही लिन गएका जन्ती बीचबाटै फर्के | Khabarhub Khabarhub

सिरहामा विवाह रोकियो, दुलही लिन गएका जन्ती बीचबाटै फर्के


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको मिर्चैयामा विवाहको सम्पूर्ण चाँजोपाँजो मिलाएर दुलही लिनका लागि जन्ती हिडिसकेको अवस्थामा विवाह रोकिएको छ ।

बालविवाह हुन लागेको थाहा पाएपछि उक्त विवाह गैह्र कानूनी भएको भन्दै प्रहरीले दुवै पक्षलाई सम्झाउँदै विवाह रोकेको हो । प्रहरी विवाहस्थलमै पुगेर विवाह रोकेपछि बेहुला र जन्ती बाटोबाटै फर्किएका थिए।

सिरहाको मिर्चैया नगरपालिका १२ सिक्रौन गाउँमा बिबाह हुन लागेको थियो । दुलही बन्न लागेकी सियाकुमारी कामैत उमेरले जम्मा १५ वर्ष पुगेकी छन् ।

बालिकाको विवाहको लागि उमेर नै नपुगेको थाहा पाएपछि अधिकारकर्मीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अधिकारकर्मी र वडाध्यक्ष सहितको समन्वयमा जन्ती आउनुअघि नै गाउँमा पुगेर विवाह रोकेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ४ : ११ बजे

मनकामना केबलकार शुक्रबार बन्द हुने

नारायणगढ– मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

गोदार– जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ

सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र

राँझा– बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

पौडी खेल्दा डुबेर एक जनाको मृत्यु

दैलेख– दैलेखमा पौडी खेल्दा डुबेर एक जनाको मृत्यु भएको छ