धेरै ठग्‍ने १० म्यानपावर खारेज | Khabarhub Khabarhub

धेरै ठग्‍ने १० म्यानपावर खारेज


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा कामदार पठाउदाँ धेरै ठगि मुद्दामा संलग्न भएको १० वटा म्यानपावरलाई खारेज गरेको छ ।

रोजगारीको खोजीमा रहेका र विदेशमा श्रमिक अलपत्र पर्ने ती म्यानपावरलाई खारेजी गरिएको विभागले जानकारी दिएको छ । विभागले गत यसअघि पनि १ सय ९७ वटा म्यानपावर कम्पनी खारेजी गरेको थियो । विभागको सोमबार बसेको बैठकले १० वटा म्यानपावर खारेज गर्ने निर्णय गरेको थियो ।

वैदेशिक रोजगार ऐनविपरीत कामदारलाई समस्या पर्ने र सरकारले तोकेभन्दा धेरै रकम लिएर कामदारलाई समस्यामा पर्ने म्यानपावर कम्पनी खारेज गरिएको वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईंले जानकारी दिए ।

रोजगारीमा कामदार आपूर्ति गर्दा फरक डिमाण्डपत्र बनाएर पठाउने, एउटा काममा समझदारी गरेर अर्को काममा लगाइने, काम र कमाइको प्रलोभनमा रोजगारीमा जाने कामदारसँग धेरै रकम उठाउने र कामदार अलपत्र पार्ने म्यानपावर कम्पनीहरु पीडितहरुको उजुरीका आधारमा खोरज गरिएको विभागले जानकारी दिएको छ ।

विभागले वर्षमा १ सय ९७ वटा म्यानपावर कम्पनी खारेज गरेको थियो ।

खारेजमा परेका म्यानपावरको सूचि

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  १ : १७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०