नेपालको हिमालमा रहस्यमयी हिममानव 'यती'को पाइला भेटिएको भारतीय सेनाको दाबी | Khabarhub Khabarhub

नेपालको हिमालमा रहस्यमयी हिममानव ‘यती’को पाइला भेटिएको भारतीय सेनाको दाबी


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रहस्यको गर्भमा रहेको हिममानव ‘यती’ को विषयमा बेला बेला विभिन्न किसिमका दाबी आइरहेको बेला भारतीय सेनाले यसको पाइला भेटेको जनाएको छ । नेपालको मकालु हिमालको आधार शिविर नजिकै भारतीय सेनाको आरोहण दलले रहस्यमय हिममानव ‘यती’ को पदचिन्ह भेटिएको दाबी गरेको हो ।

भारतीय सेनाको आमसञ्चार विभागले आधिकारिक ट्वीटर ह्यान्डलमा अप्रिल ९ मा खिचिएको यतीको पाइलाको तस्वीरहरू पोष्ट गरेको छ । ‘यती’ को पदचिन्हको लम्बाई ३२ इन्च र चौडाइ १५ इन्च रहेको दाबी गरिएको छ ।

भारतीय सेनाले यसअघि यती मकालु–बरुण राष्ट्रिय निकुञ्जमा देखिएको दाबी गरेको छ ।

यतीको अस्तित्वका विषयमा लामो समयदेखि पर्वतारोही र साहसी पर्यटकहरुमा विभिन्न किसिमका अनुमानहरु चल्दै आएका छन् । धेरैले यतीलाई प्रत्यक्ष देखेको दाबी गर्दै आए पनि ठोस प्रमाण पेश गर्न सकेका छैनन् । यतिलाई आधामानव र आधा चिम्पान्जीको रुपमा बुझ्ने गरिएको छ ।

भारतीय सेनाले ‘यती’को पदचिह्न भेटिएको भन्दै ट्वीटरबाट तस्वीर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा यसको चर्चा शुरु भएको छ । केही ट्वीटर प्रयोगकर्ताले भारतीय सेनाले ‘मजाक’ गरेको भन्दै अलोचना पनि गरेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  १ : ०६ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६