लामखुट्टेले टोकेर हैरान हुनुभएको छ ? यस्ता छन् बच्ने उपाय | Khabarhub Khabarhub

लामखुट्टेले टोकेर हैरान हुनुभएको छ ? यस्ता छन् बच्ने उपाय


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले गर्मीको मौसम शुरु भएको छ । गर्मीयाम सुरु भएसँगै लामखुट्टे समस्याका रुपमा देखिन थाल्छ । लामखुट्टेको टोकाइकै कारण मानिसलाई अनेकौं सरुवा रोग लाग्ने जोखिम पनि उत्तिकै हुन्छ ।

हामी तपाईंहरुलाई लामखुट्टेबाट बच्नेसम्बन्धमा केही घरेलु उपायबारे जानकारी दिंदै छौं,

 घर वरिपरि सँधै सफा सुघ्र राख्नुस् : लामखुट्टेको बासस्थान भनेको फोहोर हो । यदि तपाईंको घर वरिपरि फोहोर छ भने लामखुट्टे झुमिन्छन् । त्यसलै लामखुट्टेबाट बच्न घर वरपरको वातावरण सधैं सफा राख्नुहोस् ।

पानी जम्न नदिनुस् : लामखुट्टेले जमेको पानीमा अण्डा पार्ने, बच्चा हुर्काउने गर्छ । त्यसैले घर वरिपरि फोहोर पानी जम्न दिनुहुँदैन ।

घरको झ्यालढोकामा जाली प्रयोग गर्नुहोस् ः गर्मीको समयमा कोठामा हावा सजिलै छिर्ने बातावरण बनाउनु पर्छ । तर, यसका लागि झ्याल ढोका खुला छाड्दा लामखुट्टे पस्छ । त्यसैले झ्याल ढोकामा जाली प्रयोग गर्नु भयो भने लामखुट्टे भित्र पस्न सक्दैन ।

सुत्ने बेडमा झुलको प्रयोग : हुन त लामखु्ट्टे भगाउनका लागि भनेर विभिन्न प्रकारका धुप तथा लिक्वीड बनेका हुन्छन् । तर, त्यस्तो धूप प्रयोग गर्दा स्वास्थ्यमा असर पु¥याउन सक्छ । त्यसैले झुलको प्रयोग उपयोगी हुन्छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  १० : ५६ बजे

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको