सरकार अधिनायकवादी दिशामा उन्मुखः सभापति देउवा | Khabarhub Khabarhub

सरकार अधिनायकवादी दिशामा उन्मुखः सभापति देउवा


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार आएपछि देशमा हत्या, हिंसा र बलात्कारका घटना बढेको आरोप लगाएका छन् । सभापति देउवाले सरकार सेनालाई पनि आफ्नो नियन्त्रणमा राखेर एकदलीय अधिनायकवादी शासन सञ्चालन गर्ने दिशामा उन्मुख रहेको बताएका छन् ।
नेपाली कांग्रेस गुल्मीले शनिबार सदरमुकाम तम्घासमा आयोजना गरेको प्रथम जिल्ला सम्मेलनमा पार्टी सभापति देउवाले उक्त विचार व्यक्त गरेका हुन् । जनतालाई शुसासन दिइ उनीहरुको आर्थिकस्तर माथि उकास्नुको साँटो वर्तमान सरकार जनतालाई कर बढाउनतर्फ उद्दत रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार संघीयता र संविधानको विरुद्धमा गएको आरोप लगाए । उनले वर्तमान सरकार राष्ट्रवादको भ¥याङ चढेर अधिनायकवादको शिखरमा चढ्ने रणनीतिमा रहेको टिप्पणी गरे । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला र सहमहामन्त्री प्रकाशशरण महतलगायतका केन्द्रीय नेताहरुले सरकारको आलोचना गरेका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  १० : ४१ बजे

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

काठमाडौं– नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन

वीरगञ्ज भन्सारबाट एक अर्ब राजस्व संकलन 

वीरगञ्ज– मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक

डा. आरजु राणाको शल्यक्रिया सम्पन्न

 काठमाडौं– पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेस केन्द्रीय

राप्रपाले इलाम २ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने  

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) ले इलाम २ मा