मोबाइलमा फाइभ जी– तीन घन्टाको भिडियो ६ सेकेन्ड मै हुन्छ डाउनलोड | Khabarhub Khabarhub

मोबाइलमा फाइभ जी– तीन घन्टाको भिडियो ६ सेकेन्ड मै हुन्छ डाउनलोड


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल मोबाइल इन्टरनेटको दुनियाँमा फाइभ जीको चर्चा छ । फाइभ जीले मोबाइल इन्टरनेटमा क्रान्तिकारी परिवर्तन ल्याउने प्राविधिकहरु बताउँछन् ।

फाइभ जी मोबाइल इन्टरनेट सेवा अर्को वर्षबाट विश्वका केही मुलुकमा सञ्चालनमा आउने बताइएको छ । फाइभ जी मोबाइल इन्टरनेटको स्पिड अहिले रहेको मोबाइल इन्टरनेटको स्पिडभन्दा १० देखि २० गुणासम्म तीब्र हुनेछ ।

आखिर के हो फाइभ जी ?

फाइभ जी मोबाइल इन्टरनेटको अर्को – पाचौँ पुस्ताको मोबाइल इन्टरनेट हो । यसको तीब्रता अहिले प्रचलनमा रहेको चौथो पुस्ता अर्थात् फोर जीभन्दा १० देखि २० गुणसम्म डेटा डाउनलोड र अपलोड गर्नसक्ने क्षमता राख्छ भने यसको कभरेज पनि अहिलेको भन्दा वृहद हुनेछ । त्यस्तै, यसको कनेक्सन पनि अझ स्थीर हुनेछ । यसले एकैसमयमा धेरैवटा उपकरणमा तीब्र गतिको मोबाइल इन्टरनेट प्रदान गर्न सक्नेछ ।

फाइभ जीबाट के फाइदा ?

फाइभ जी मोबाइल इन्टरनेटको प्रयागबाट अहिले हामीले आफ्नो स्मार्टफोनमा प्रयोग गर्दै आएको इन्टरनेटबाट जे जस्ता गतिविधिहरु गरिरहेका छौँ, त्यो अझ सजिलोसँग गर्न सकिनेछ । फाइभ जीको मद्दतले अल्ट्रा एचडी भिडियो सजिलैसँग स्ट्रिमङ गर्न सकिनेछ, मोबाइल गेमिङ झन्झटरहित हुनेछ भने भिडियो च्याट वा भिडियो कन्फ्रेन्स पनि स्पष्ट र तीब्र हुनेछ । त्यस्तै, चालकरहित स्वचालित कारले सडकको सवारी ट्राफिकलाई थप स्तरीय रुपमा विश्लेषण गरी अझ परिष्कृत गराउनेछ ।

त्यसबाहेक शरिरमा लगाउन सकिने प्राविधिक उपकरणहरु जस्तै, स्मार्टवाच, स्मार्टग्लास, स्मार्ट रिस्टब्याण्डले तपाईको स्वास्थ्यको थप ख्याल राखी तपाईको स्वास्थ्यमा केही गडबडी आएमा स्वचालित रुपमै तत्काल चिकित्सकलाई सम्पर्क गर्न मद्दत गर्नेछ ।

यसले कसरी काम गर्नेछ ?

फाइभ जीका लागि धेरै वटा नयाँ किसिमका प्रविधिको प्रयोग गरिने छ । तर, सबै किसिमका फाइभ जीका प्राविधिक पक्षबारे अझै स्पष्ट भइसकेको छैन । २.५ गिगाहर्ज–३५ गिगाहर्ज र त्योभन्दा माथिका हायर फ्रिक्वेन्सीका ब्याण्डहरुमा धेरै क्षमता रहेपनि तिनीहरुको छोटो वेभलेन्थका कारण पहुँच निकै कम हुने बताइएको छ । भौतिक सामानहरुले फाइभ जीको पहुँचलाई सजिलै रोक्न सक्नेछ । त्यसो हुँदा धेरै छोटो दुरीमा स–साना धेरैवटा नेटवर्क टावरहरु राख्नुपर्ने हुनसक्छ ।

त्यसैले फाइभ जीका लागि धेरैवटा र जमिनबाट होचो उचाईमा नेटवर्क टावरहरु राख्नुपर्ने बतइन्छ । त्यसकारण यो निकै महङ्गो हुनसक्छ ।

यो फोरजीभन्दा कति र कसरी फरक ?

फाइभ जी बिल्कुनै नयाँ रेडियो प्रविधि हो । तर, फाइभ जी प्रचलनमा आएको शुरुका केही समयसम्म यसलाई हाल रहेको लङ टर्म इभल्यूशन एलटीई वा फोर जी कै शैलीमा ल्याइने सम्भावना छ । यसले फोर जीको स्पिडलाई तीब्र त बनाउने छ तर, शुरुमा पूर्ण रुपमै फाइभ जीको अनुभव भने गर्न सकिनेछैन ।

त्यस्तै, तपाईको मोबाइल इन्टरनेट सेवा प्रदायकले कुन स्पेक्ट्रमको ब्याण्ड लिएको छ र नयाँ ट्रन्समिटर र नेटवर्क टावरमा कति लगानी गरेको छ त्यसले पनि फाइभ जी मोबाइल इन्टरनेटको तीब्रता निर्धारण गर्नेछ ।

त्यसोभए यसको तिब्रता कति ?

हाल फोर जी मोबाइल इन्टरनेटको उच्चतम गति ४५ मेगाबिट्स प्रतिसेकेण्ड छ । फाइभ जीको तीब्रता त्योभन्दा १० देखि २० गुणासम्म हुनसक्ने प्राविधिकहरु बताउँछन् ।

यसबाट तपाईँले हाई डेफिनिशन फिल्म केही सेकेन्ड भित्रै डाउनलोड गर्न सक्नुहुने छ । तीन घन्टाभन्दा लामा फिल्महरु फाइभ जी मार्फत ६ सेकेन्ड मै डाउनलोड गर्न सकिन्छ ।

कहिले आउला ?

यो अर्को वर्षसम्म बजारमा उपलब्ध हुनेछ । दक्षिण कोरिया, चीनलगतयतका मुलुकमा भने यसलाई यसै वर्षको अन्त्यसम्म आइसक्ने सम्भावना छ । त्यसबाहेक विश्वका विकसित मुलुकहरुमा फाइभ जीका लागि स्पेक्ट्रमका लागि लिलामीको प्रक्रिया शुरु भइसकेको छ ।

त्यसैले केही समय पर्खनुहोस्, सायद नेपालमा पनि केही वर्षभित्रै फाइभ जी मोबाइल नेटवर्क आउने छ । तर त्यसका लागि तपाईँले फाइभ जी सपोर्ट गर्ने नयाँ फोन भने किन्नुपर्नेछ ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ७ : २३ बजे

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङका डढेलो निभाउने क्रममा एकजना वृद्धले ज्यान गुमाएका छन् ।

कालीकोटकै नमूना स्याउ फोइमहादेवमा

मान्म– कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा

प्रेम सम्बन्धको विवादले धनुषाको औराहीमा तनाव, प्रहरीले हान्यो ९ सेल अश्रुग्यास

 काठमाडौं– धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच बिहीबार

सडक पहुँचसँगै ओलाङ्चुङगोला पुग्न सहज

फुङ्लिङ– ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको

विद्युत् आयात गर्नेबाट निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण उपलब्धि : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पो