लगानी सम्मेलन–विभिन्न १५ वटा लगानी सम्झौता | Khabarhub Khabarhub

लगानी सम्मेलन–विभिन्न १५ वटा लगानी सम्झौता



काठमाडौं– दुई दिने लगानी सम्मेलनमा विभिन्न १५ वटा लगानी सम्झौता भएका छन् ।

दुई दिने सम्मेलनको अन्तिम दिन शनिवार विभिन्न १५ वटा लगानी सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्मेलनमा माथिल्लो त्रिशुली ‘ए’ परियोजना निर्माणको काम गरिरहेको कोरियन लगानीकर्ताले वित्तिय स्रोत जुटाएको छ ।

६ सय ५० मिलियन अमेरिकी डलरमा निर्माण हुन लागेको २ सय १६ मेघावाट क्षमताको माथिल्लो त्रिशुली ए को निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । त्यस्तै नीजि क्षेत्रको चौधरी ग्रुप र स्काई पावरकाबीचमा समेत ६ सय मेघावाटको सौर्य उर्जा प्लाण्ट निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपालमा ५ जी मोवाइल सेवा शुरु गर्न सीजी मोबाइलले समेत सम्झौता गरेको छ । त्यसतै प्रदेश नम्बर २ का मुख्यमन्त्री र चौधरी ग्रुपकाबीचमा समेत २ नम्बर प्रदेशका विभिन्न स्थानमा सौर्य उर्जा विस्तारका विषयमा सहमति भएको छ ।

९ सय मेघावाट को अरुण तेस्रो परियोजनामा लगानी जुटाउन नसकेको र निर्माणको जिम्मा लिएको भारतीय कम्पनी सतलजसँग मिलेर एभरेष्ट बैक, नबिल बैकले समेत लगानी गर्ने सहमतिपत्रमा समेत लगानी सम्मेलनको अन्तिमदिन शनिवार हस्ताक्षर भएको छ ।

नेपाली लगानीकर्ता रहेको हाइड्रो सोलुसन र चिनियाँ कम्पनी युनान हाइड्रोका बीचमा पनि १ सय ६४ मेगावाट क्षमताको कालीगण्डकी तेस्रो जलविद्युत् परियोजना निर्माणका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

अन्तर्राष्ट्रिय वित्त कोष आइएफसी र लगानी वोर्डका बीचमा भने पीपीपी मोडलमा बनाउने गरी सिमराको विषेश आर्थिक क्षेत्र सेज निर्माणका लागि आर्थिक सहयोग गर्ने विषयमा हस्ताक्षर भएको छ । त्यस्तै बनेपामा निर्माण हुने हिमालय वुटीक रिसोर्ट निर्माणका लागिसमेत सहमति भएको छ ।

लगानी सम्मेलनमा गैरआवासीय नेपाली संघले नेपालको पूर्वाधार विकासमा लगानी गर्नेगरी १० अर्ब रुपैयाँ लगानी गर्ने सहमति बनेको छ । जुन सम्झौतामा गैरआवासिय नेपाली संघका तर्फबाट भवन भट्ट र उद्योग विभागकाबीचमा सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

त्यस्तै युनाइटेड फाइनान्स लिमिटेडमा ३९ करोड रुपैयाँ लगानी गर्नेगरी मुसुट ग्रुप भारतले समेत सहमति गरेको छ । गैरआवासीय नेपालीले वेलायतमा सञ्चालन गरेको कणेल ग्रुपले समेत नेपालमा एपी पावर कम्पनीसँग मिलेर १८ मेघावाटको सौर्य परियोजना, १९ मेघावाट जलविद्युत परियोजना र १० मेघावाट क्षमताको हावाबाट विजुली उत्पादन गर्ने विषयमा सहमति गरेको छ ।

शुक्रबारदेखि काठमाडौँमा शुरु भएको लगानी सम्मेलनको समापन आज भएको हो । शुक्रबार उद्घाटन सत्रपछि आयोजित कार्यक्रममा विभिन्न ७ वटा विषयमा छलफल भएको थियो । शुक्रबार डिजिटल अर्थतन्त्र निर्माणमा सूचना प्रविधि, राजेगारी सिर्जनाका लागि औद्योगिक क्षेत्र निर्माण, पर्यटन क्षेत्र विस्तार लगाएतका विषयमा छलफल भएको थियो । शनिबार भने विभिन्न ४ वटा सत्र सम्पन्न भएका हुन् ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ६ : १६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका