चन्द्रमामा चलाउन मिल्ने कार बनाउँदै जापानी कम्पनी टोयोटा | Khabarhub Khabarhub

चन्द्रमामा चलाउन मिल्ने कार बनाउँदै जापानी कम्पनी टोयोटा


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चन्द्रमामा बस्ती बसाल्ने समाचारहरु बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । चन्द्रमामा पानीका श्रोत र मानवबस्तीको लागि विभिन्न समयमा वैज्ञानिकहरुले अध्ययन पनि गरिरहेका छन् ।

यसबैबीचमा एक कार कम्पनीले भने चन्द्रमामा चलाउन मिल्ने कार बनाउ प्रकृया अघि बढाएको जनाएको छ । जापानी कार निर्माता कम्पनी टोयोटाले चन्द्रमामा समेत पुग्ने तयारी गरेको छ । टोयोटाले चन्द्रमामा जान सेल्फ ड्राइभिङ कार निर्माण प्रक्रिया अघि बढाएको छ ।

टोयोटाले उक्त कारको नाम जक्सा लुनार रोभर राखेको छ । यो कारमा ६ वटा पांग्रा छन् र यसमा २ व्यक्ति आरामका साथ बसेर १० हजार किलोमिटरको यात्रा तय गर्न सक्छन् ।

टोयोटाले यो कार एरोस्पेस एक्स्प्लोरेसन एजेन्सीका लागि तयार गरिरहेको छ । यो कारलाई सन् २०२९ मा चन्द्रमामा लाने योजना छ । टोयोटाको यो कार ६ मिटर लामो हुनेछ । जक्सा लुनार रोभर ब्याट्रीबाट चल्नेछ भने सौर्य ऊर्जाबाट चार्ज हुनेछ ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ५ : ४५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६