एक वर्षमा २६६ प्यालेष्टाइनी मारिए | Khabarhub Khabarhub

एक वर्षमा २६६ प्यालेष्टाइनी मारिए


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायल अधिनस्थ प्यालेष्टाइनको गाजा क्षेत्रमा इजरायली अतिक्रमणविरुद्धको प्रदर्शनका क्रममा इजरायली फौजको कारवाहीमा परी पछिल्लो एक बर्षको अवधिमा कम्तीमा २ सय ६६ जना प्यालेष्टाइनी नागरिकको मृत्यु भएको प्रतिवेदन सार्वजनिक भएको छ ।

गाजा क्षेत्रमा रहेको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा अरु ३० हजार ३ सय ९८ जना प्यालेष्टाइनी घाइते भएको उल्लेख छ । प्रतिवेदनका अनुसार प्रदर्शनका क्रममा इजरायली फौजको कारवाहीमा मृत्यु हुनेमध्ये ५० जना बालबालिका छन् ।

त्यस्तै, मारिनेमा अरु ६ महिला, एक ज्येष्ठ नागरिक, तीन स्वास्थ्यकर्मी र दुईजना सञ्चारकर्मी पनि छन् । घाइते हुनेमध्ये ५ सय ३६ जना गम्भीर घाइते भएको प्रतिवेदनमा उल्लेख छ ।

स्वास्थ्यमन्त्रालयको प्रतिवेदनअनुसार सोही अवधीमा दुई इजरायली सैनिकको पनि मृत्यु भएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  १२ : २७ बजे

पठन-लेखन संस्कृति बढाउन कर्णालीमा ‘संस्कृति उत्सव’

कर्णालीमा पहिलो चरणको ‘संस्कृतिको उत्सव’ सुरू भएको छ । ‘खसभूमि

‘लगानी सम्मेलन अवसरको नयाँ ढोका, सरकारको उधारो प्रतिबद्धता चल्दैन’

सरकारले यही वैशाख १६ र १७ मा गर्न लागेको चौथो

व्यासमा जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाइने

काठमाडौं– व्यास नगरपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय

व्यासमा प्लास्टिक झोला निषेध

दमौली– तनहुँको व्यास नगरपालिकाले आगामी जेठ १ गतेदेखि नगरभित्र प्लास्टिक

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स