काठमाडौं महानगरले अब अत्याधुनिक दमकल ल्याउने | Khabarhub Khabarhub

काठमाडौं महानगरले अब अत्याधुनिक दमकल ल्याउने


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रयोगमा रहेका दमकल कम भएकाले अब अत्याधुनिक नयाँ दमकल खरीद गरिने बताएका छन् ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कानूनी प्रावधानसम्बन्धी अन्तरक्रियामा महानगरका प्रमुख शाक्यले गर्मी बढेसँगै काठमाडौँमा आगलागीका घटनामा पनि वृद्धि हुने हुँदा क्षति कम गर्न थप दमकल खरीद गरिने बताए ।

शाक्यले भने, ‘ कामपामा हाल सञ्चालन गरिरहेको दमकलहरु उपहारस्वरुप आएका हुनाले कम छन्, त्यसैले नयाँ खरीद गर्न आवश्यक छ ।’ हाल कामपामा चार वटा दमकल रहेकामा एउटा बिग्रिएको छ भने तीन प्रयोगमा रहेका छन् ।

कामपाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले सचेत र सबल समुदायमा विपत्तिको असर कम हुने बताइन। विपद् व्यवस्थापन विभागका प्रमुख अर्चना श्रेष्ठ (शाक्य) ले महानगरले ठोस कानूनी आधार बनाएर विपतको पूर्वतयारीमा जुटेको जानकारी दिइन ।

महानगरले अहिले वडा १०, १२ र ३१ मा आइसेट नेपालसँगको सहकार्यमा सुरक्षित शहर परियोजना सञ्चालन गरिरहेको छ । त्यस्तै जोखिम नक्साङ्कनको काम पनि गरिरहेको छ । यसमा प्राकृतिक तथा मानव सिर्जित विपत्तिका दृष्टिमा कुन स्थान कस्ता छन् र सबैभन्दा बढी जनधन क्षति भएको एवं हुन सक्ने स्थानको पहिचान हुनेछ ।

पहिचान गरिएका स्थानहरुमा हुनसक्ने क्षति कम गराउन समुदायलाई तत्पर बनाउने, उनीहरुलाई आवश्यक पर्ने स्रोतसाधनको जोहो गर्ने लगायतका काम हुनेछन् । यसका लागि वडास्तरीय विपद् व्यवस्थापन समितिको पनि गठन गरिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ८ : ४७ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न