डीआइजी आशा सिंह एआइजीमा बढुवा सिफारिस | Khabarhub Khabarhub

डीआइजी आशा सिंह एआइजीमा बढुवा सिफारिस


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीकी डिआइजी आशा सिंह एआइजी बढुवाका लागि सिफारिस भएकी छिन् ।

वरिष्ठ स्त्री रोग विशेषज्ञ रहेकी डा. सिंह प्राविधिक प्रहरी उप–समूह अन्तर्गत रिक्त रहेको एआईजीमा बढुवा भएकी हुन् ।

गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले सिंहलाई सोमबार एआईजीमा बढुवा सिफारिस गरेको हो । बढुवा समितिका अध्यक्ष गृहसचिव प्रेमकुमार राई थिए भने सदस्य सचिव प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल रहेका थिए ।

प्रहरी अस्पताल महाराजगंञ्जमा कार्यरत उनलाई बढुवा सिफारिस समितिले एआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको हो।

अस्पतालकी मेडिकल डाइरेक्टर एआइजी दुर्गा थापा नियमित अवकासमा गएपछि प्रहरीमा प्राविधिक तर्फको एआइजी पद रिक्त थियो।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ७ : १० बजे

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन