कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सँगै एमडीजीपीको पढाइ | Khabarhub Khabarhub

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सँगै एमडीजीपीको पढाइ


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको गुरु योजनाका लागि ६ अर्व बजेट पारित भएको छ । प्रतिष्ठानको सोमबार बालुवाटारमा बसेको सिनेट बैठकले प्रतिष्ठानको विकासका लागि तयार पारेको गुरुयोजनाका लागि ६ अर्वको बजेट पारित गरेको हो ।

बैठकमा ५ वर्षभित्रमा सपन्न हुने गरी १ हजार २ सय रोपनीमा निर्माण हुने प्रतिष्ठानको संरचनामा छुट्टै एमबीबीएस भवन, चिकित्सक तथा कर्मचारीको आवास, खेल मैदान लगायतको संरचना निर्माण गर्ने निर्णय भएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए ।

बैठकले यसै वर्षदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सँगै एमडीजीपी, एमएस, अर्थोपेडिक्स, गाइनो, पेडियाट्रिक्स लगायतमा स्नातकोत्तरका कार्यक्रम समेत सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस्तै  प्रतिष्ठान छनौट समितिको अध्यक्षमा प्राडा गणेश गुरुङ र  सदस्यमा डा तरुण पौडेललाइ नियुक्त गर्ने निर्णय गरेकाे छ ।

 

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ५ : १२ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ