दोब्बरले बढ्यो सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको पुरस्कार राशि | Khabarhub Khabarhub

दोब्बरले बढ्यो सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको पुरस्कार राशि


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा वर्षेनी आयोजना हुँदै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को पुरस्कार राशिमा दोब्बर वृद्धि गरिएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गर्दै आएको म्याराथनमा विगतमा विजेतालाई १ लाख दिने गरिएकोमा यस वर्षबाट विजेतालाई २ लाख पुरस्कार प्रदान गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः १ लाख, ७५ हजार र  १५ हजार पुरस्कार प्रदान गरिनेछ ।

दक्षिण एशियाली मुलुकबाट व्यावसायिक धावकको सहभागिता वृद्धि गर्ने उद्देश्यले पुरस्कार राशिमा वृद्धि गरिएको संस्थाका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । प्रतियोगिताले पोखरामा खेल पर्यटनको प्रवर्द्धन तथा नेपाल भ्रमण वर्ष २०२० सघाउने पनि अध्यक्ष गुरुङको भनाइ छ ।

प्रतियोगितामा पुरुष तथा महिला १० किमी दौडमा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः  १५, १० र ५ हजार प्रदान गरिनेछ ।

पाँच किमी छात्र/छात्रा दौडमा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १० हजार, ७ हजार र ४ हजार दिइनेछ । ह्विलचियर पुरुष तथा महिला र दृष्टिविहीन पुरुष तथा महिला दौडमा प्रथम, द्वितीय र तृतीयलाई ५, ३ र २ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  १ : ३१ बजे

कर्णालीका मुख्यमन्त्री कँडेलले बैशाख १३ गते विश्वासको मत लिने

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बैशाख १३ गते विश्वासको

बँदेलले टोक्दा सातजना घाइते

दैलेख– रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएको

‘कर्णालीमा नेपाली भाषा र साहित्यको पृष्ठभूमि र इतिहास छ’

सुर्खेत – लामो समयदेखि भाषा र साहित्यको अध्ययन गरेका विद्वानहरूले

‘बोक्सीको घर’ : हतारै हतारमा बनेको गीत ‘बुझिनँ मैले’

काठमाडौंं – केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ वैशाख १४ बाट

कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए

काठमाडौं- प्रथम दक्षिण एसियाली कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली