यी ९ गल्तीले बनाउँछ तपाईंको स्मरण शक्ति कमजोर | Khabarhub Khabarhub

यी ९ गल्तीले बनाउँछ तपाईंको स्मरण शक्ति कमजोर


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मानिसको उमेर वृद्धिसँगै स्मरण शक्तिमा समेत कमी आउने गर्दछ । यसलाई सामान्य मानिन्छ । तर आजकल कतिपय युवा उमेरकै मानिसको स्मरणशक्ति कमजोर हुने गरको छ । यसको पछाडि भने धेरै कारणहरु रहने गरेका छन् ।

आजकल मुख्यतयाः दैनिक जीवनयापनका क्रममा मानिसबाट गरिने गलत बानिले मानिसको मष्तिकलाई कमजोर बनाउने गर्छ ।

जसको कारण धेरै मानिस छिट्टै विर्सने, देखेको भेटेको वा पढेको कुरा सम्झन नसक्ने लगायतका समस्याबाट गुज्रिन गरेका छन् । युवा अवस्थामा नै मानिसको स्मरणशक्ति कमजोर पार्ने केही गलत बानिहरु यस्ता छन्:

१. खानामा अनियमितता

कतिपय मानिस कार्य व्यस्तताका कारण खाना समयमा नखाने, बजारमा पाइएको जे पनि खाने गर्दछन् । यसले शरीरसंगै मष्तिकलाई समेत कमजोर बनाउने गर्दछ । बिहान अबेरसम्म खाली पेट बस्दा मानिसको मष्तिकले काम गर्न सक्दैन र एकाएक अत्याधिक खाँदा मष्तिकमा उल्झन उत्पन्न हुन्छ । जसले गर्दा मानिसको स्मरणशक्तिमा कमी आउँछ ।

२. धुम्रपानको लत

आजकल धेरै युवा धुम्रपान गर्दछन् । जो स्वास्थका लागि हानिकारक छ । यसले मानिसमा रोग भित्र्याउने र आयु घटाउने मात्र होइन मष्तिकको स्मरण शक्तिलाई समेत कमजोर पार्ने गर्दछ । धुम्रपानले मस्तिष्कको संवेदनशील भाग कर्टेक्सलाई सीधा असर गर्छ जसका कारण स्मरण शक्ति बिस्तारै गुम्न पुग्दछ ।

३. गलत जीवनशैली

प्रविधिको विकाससंगै आजकल धेरै मानिसको जिवनशैली परीवर्तन भएको छ । राति सबेरै सुत्ने मानिसहरु आजकल राति अबेरसम्म मोवाइल, ल्यापटप वा टेलिभिजनमा बिताउने गर्दछन् । राति अबेरसम्म नसुत्ने, शारीरीक व्यायाम नगर्ने लगायतका गलत जिवनशैलीले मानिसको मष्तिकमा असर पार्दछ र स्मरणशक्तिमा कमी आउने गर्दछ ।

४. पानी पिउने बानीमा कमी

धेरै मानिसहरुले शरीरलाई चाहिनेभन्दा कम पानी पिउने गर्दछन् । तर प्रसस्त पानी पिउने मानिसको मष्तिकले पानी नपिउनेको मानिसको भन्दा बढी स्मरण राख्न सक्छ । त्यसैले यदि तपाईँ कतै लामो दूरिको यात्रा वा लामो समयका लागी कुनै स्थानमा जादैं हुनुहुन्छ भने साथमा अनिवार्य पानी बोक्नुहोस् । यसले तपाईंको दिमागलाई ताजा बनाइ महत्वपूर्ण कुरा बिर्सनबाट जोगाउँछ ।

५. अल्छी स्वभाव

कतिपय मानिसमा काम गर्न अल्छी मान्दछन् । यस्ता अल्छेहरुको मष्तिक कम रचनात्मक हुनुका साथै कमजोर हुने गर्दछ । किनकी उनीहरु आफ्नो मष्तिकको प्रयोग कम गर्दछन् । मानिसले जति धेरै काममा आफूलाई ब्यस्त राख्दछ उनिहरुको मष्तिक पनि त्यति नै रचनात्मक र सिर्जनशील बन्छ ।

६. अत्यधिक तनाव

भनिरहनु पर्दैन मानिसको शरीरका लागी तनाव शत्रु झै हो । यसैले मानिसलाई कुनै रचनात्मक काम गर्नबाट बन्देज गर्दछ । सधैँ तनाव लिइरहने मानिसको दिमागमा यसले नराम्रो असर पार्दछ । र जब मानिस तनावमा हुन्छ यसले मानिसको स्मरणशक्तिमा कमी ल्याउने गर्दछ ।

७. ईयरफोनको प्रयोग

हामीले शहर वा गाउँ सबैतिर आजकल धेरै मानिसलाई कानमा ईयरफोन लगाएर श्रब्य सामाग्री सुनिरहेको पाउँछौ । तर लामो समयसम्म ईयरफोनको प्रयोग गर्ने मानिसको कान सहित मष्तिकका तन्तुमा पनि असर पर्ने गर्दछ । यदि कोही मानिस लामो समयसम्म ईयरफोनको प्रयोग गर्छ उसको स्मरणशक्तिमा कमी आउने गर्दछ ।

८. अनिन्द्रा

प्रत्येक वयस्क मानिस दैनिक ७ देखि ८ घण्टा सम्म सुत्न आवश्यक छ । यसले मानिसलाई स्वस्थ्य र स्र्फुत राख्न राम्रो योगदान गर्दछ । तर पर्याप्न निन्द्राको फाइदा यतिमात्रमा सिमित छैन, यसले मष्तिकलाई समेत स्वस्थ राख्दछ । अन्यथा मष्तिकमा विभिन्न भागमा असर पार्ने र सम्झना शक्तिमा कमी आउने गर्दछ ।

९. एक्लोपन

धेरै भिडभाड, होहल्ला वा दिनभर थकान महशुस हुने काममा ब्यस्त हुने मानिस केहीबेर एकान्त बस्न खोज्नु स्वभाविक हो । तर यदि कोहि मानिस दिनहुँजसो एकान्त बस्न खोज्छ भने यसले पनि मानिसको स्मरणशक्तिमा कमी ल्याउने गर्दछ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ८ : १५ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न