यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, बुधवार पानी पर्ने सम्भावना | Khabarhub Khabarhub

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, बुधवार पानी पर्ने सम्भावना


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ भने देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकसित नभएको उसले नाएक छ । उपत्यकामा चिसो बढेको छ भने हिमाली क्षेत्रको तापक्रम निकै घटेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष १४ गते (सोमबार)

दिउँसो : देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष १५ गते (मंगलबार)

दिउँसो : देशभर आंशिक बदली रहने देखिन्छ।

राती : देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

पौष १६ गते (बुधबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी र पूर्वी पहाडी भू-भागमा हल्का वर्षाको संभाबना रहेको छ। उच्च पहाडी र हिमाली भु-भागमा हल्का देखि मध्यम खालको हिमपात पनि हुने संभाबना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहि देशका थोरै स्थानमा हल्का वर्षाको संभाबना रहेको छ। उच्च पहाडी र हिमाली भू-भागमा हल्कादेखि मध्यम खालको हिमपात पानि हुने संभाबना रहेको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ७ : ३० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन