सुखी र खुशी हुनका लागि गीताका यी ५ उपदेश | Khabarhub Khabarhub
Logo
२६ मंसिर २०७६, बिहीबार

सुखी र खुशी हुनका लागि गीताका यी ५ उपदेश



महाभारत युद्धको रणभूमिमा भगवान श्रीकृष्णले आफ्नो प्रीय पात्र र श्रेष्ठ धनुर्धर अर्जुनलाई गीताको उपदेश दिएका थिए । भगवान कृष्णलाई कलियुगमा हुनेवाला भ्रष्टाचार, वैमनस्य तथा स्वार्थका बारेमा पहिला नै ज्ञान थियो ।

यसकारण उनले अर्जुनलाई माध्यम बनाएर यो उपदेश समस्त मानव जातिको कल्याणका लागि दिए । धर्मको मार्गमा लागेर पनि मनुष्यले कसरी आफ्नो जीवनको सारा समस्या हटाउन सक्छ उनले यो बताएका छन् ।
यसका लागि ५ उपदेश दिएका छन्–

१. कर्म गर्नेमाथि नै अधिकार

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुर्भुर्मा ते संगोऽस्त्वकर्मणि ॥

भावार्थ– तिम्रो अधिकार कर्म गर्नुमा नै छ । त्यसको फलमा होइन । अतः तिमीले फलको इच्छा बिना नै कर्म गर्नु जरुरी छ ।
जसको अर्थ हुन्छ– जो मानिस भविष्यको चिन्ता गरे बिना वर्तमानमा रहेर मात्र आफ्नो काममा केन्द्रीत हुन आवश्यक छ । यदी वर्तमानमा मेहेनत र लगनशिल भएर काम गरेको खण्डमा भविष्यमा त्यसको सुफल नै प्राप्त हुन्छ ।

२. जसले द्वेष गर्दैन

यो न हृष्यति न द्वेष्टि न शोचति न काङ्क्षति ।
शुभाशुभपरित्यागी भक्तिमान्यः स मे प्रियः

भावार्थ– यस्ता मानिस जो न कहिल्यै अति हर्षित हुन्छन्, न द्वेष गर्छन न शोक गर्छन् । र जो न कामना गर्छन् र शुभ र अशुभ सम्पूर्ण कर्मका त्यगी छन् त्यस्ता भक्तियुक्त मानिस मलाई प्रिय छन् ।
अर्थात– कुनै पनि अति विशिष्ट कार्य हुँदा हामीले अति हर्षित हुने कुराबाट बच्न जरुरी छ । यसो गर्नाले गल्ती हुने आशंका बढ्छ । अरुलाई जलन हुने कुनै काम गर्नु हुँदैन ।

३. कर्म जरुरी

न हि कश्चित्क्षणमपि जातु तिष्ठत्यकर्मकृत् ।
कार्यते ह्यवशः कर्म सर्वः प्रकृतिजैर्गुणैः ॥

भावार्थ– निसन्देह कुनै पनि मुनुष्य कुनै पनि समय बिना कर्म बस्न सक्दैन । किनकी मखुष्य समुदाय प्रकृति जनित गुणद्वारा कर्म गर्नका लागि बाध्य छ ।

जसको अर्थ हरेक मनुष्यका लािग धर्तीमा कुनै न कुनै कार्य मौजुद छ । जुन कार्य गर्नका लागि उ बाध्य पनि छ । प्रत्येक व्यक्तिमा कुनै न कुनै खुबी वा प्रतिभा छ । मात्र जरुरी छ कि आफूभित्र रहेको खुबीलाई पत्ता लगाएरु कार्य गर्नु ।

४. जसले इन्द्रियलाई रोक्छ

कर्मेन्द्रियाणि संयम्य य आस्ते मनसा स्मरन्।
इन्द्रियार्थान्विमूढात्मा मिथ्याचारः स उच्यते॥

भावार्थ– मन्दबुद्धि भएको मनुष्य समस्त इन्द्रियलाई हठपूर्वक रोक्छ । मनबाट ति इन्द्रियका विषयमा चिन्तन गर्छ त्यो मिथ्याचारी अर्थात दम्भी हुन्छ ।

यसको अर्थ हुन्छ यस्तो व्यक्ति जो आफ्नो इन्द्रियमाथि केवल माथिजबाट नियन्त्रण गरेको देखाउँछ र भित्रबाट उसको मन चलायमान हुन्छ यस्तो व्यक्ति झुठा र कपटी मानिन्छन् ।

५. परमात्मलाई सच्चा मनले स्वीकारर्नु

एतां विभूतिं योगं च मम यो वेत्ति तत्त्वतः।
सोऽविकम्पेन योगेन युज्यते नात्र संशयः॥

जो पुरुष मेरो यर परमैश्वर्यरुप विभूतिको र योगशक्तिको तत्वले जान्दछ उ निश्चल भक्तियोगबाट मुक्त हुन्छ । यसमा कुनै सन्देह छैन ।

अर्थात जो व्यक्ति ईश्वर शक्तिलाई सच्चा मनले स्वीकार गर्छ र परमात्मामा पूरै आस्था राख्छन् भगवान उसलाई नराम्रो हुन दिँदैनन् ।


भर्खर