महात्मा बुद्धले भने– यस्ता मानिस कहिल्यै गरीब हुँदैनन् | Khabarhub Khabarhub

महात्मा बुद्धले भने– यस्ता मानिस कहिल्यै गरीब हुँदैनन्


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकपटक गौतम बुद्ध एक गाउँमा पुगेका थिए । मानिसहरु आफ्ना समस्या लिएर बुद्ध भएको ठाउँमा पुग्थे र समस्याको समाधान भएपछि खुुसी हुँदै फर्किन्थे । त्यही गाउँको सडकको किनारामा एक जना माग्ने बस्ने गरेको थियो ।

मानिसहरु बुद्धकोमा गएको उसले ध्यान दिएर हेरिरहेको थियो । उसलाई अचम्म लागिरहेको थियो कि बुद्ध कहाँ जाँदा मानिसहरुको अनुहार निकै दुखी खालको हुन्थ्यो तर फर्किएर आउँदा हास्दै आउँथे ।

त्यसपछि उसले म पनि किन नजाने त भन्ने सोच्यो र एक दिन बुद्ध भएको स्थानमा गयो ।

मानिसहरु लाइनमा बसेका थिए । बुद्धसँग आफ्ना समस्या सुनाउँथे । जवाफ पाएपछि खुसी भएर फर्कन्थे ।

जब उसको पालो आयो त्यसपछि उसले बुद्धलाई भन्यो,‘भगवान ! यो गाउँमा सबै सुखी र सम्पन्न छन्, म मात्र किन गरीब ?’ उसको प्रश्न सुनेर बुद्धले मुस्कुराउँदै भने,‘तिमी गरीब र निर्धन यसकारण भयौं कि तिमीले आजसम्म कसैलाई केही दिएका छैनौं ।’ बुद्धका कुरा सुनेर माग्ने छक्क पर्‍यो र सोध्यो,‘भगवान! म सँग अरुलाई दिन छ नै के र ? मेरो दैनिकी चलाउन मुस्किल छ । म अरुको घरघरमा गएर मागेर गुजारा चलाइरहेको छु ।’

शान्त मुद्रामा बुद्धले भने,‘तिमी अज्ञानी छौं । अरुलाई बाँड्नका लागि भगवानले तिमीलाई यति धेरै दिएका छन् तिमीलाई थाहा छैन ? तिमीले थाहा पाउने छौं कि अरुका लागि दिनका लागि भगवानले दिएको कुरा सजिलै तिमी दिन सक्छौं ।’ बुद्धले अगाडि भने,‘तिमीले मानिसमा आशाको सञ्चार गराउन सक्छौं । मुखबाट दुईवटा भएपनि मिठा शब्द बोल्न सक्छौं । दुबै हातले मानिसको लागि सहयोग गर्न सक्छौं । जसलाई ईश्वरले यी तीन चीज दिएको हुन्छ त्यो मानिस कहिल्यै गरीब हुँदैन, निर्धन भएको विचार व्यक्तिको मनमा हुन्छ । यो त एक भ्रम हो । यसलाई हटाउ ।’

यो सुनेर माग्ने निकै खुसी भयो ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ५ : १६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०