उपनिर्वाचन– खानेपानी मन्त्री मगर र नेकपाकी उमेदवार भट्टराईले गरे मतदान | Khabarhub Khabarhub

उपनिर्वाचन– खानेपानी मन्त्री मगर र नेकपाकी उमेदवार भट्टराईले गरे मतदान


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको रिक्त ५२ पदका लागि अहिले मतदान जारी छ ।

शुक्रवार विहान ७ बजेदेखि शुरु भएको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रूपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका सचिव देवकुमारी गुरागाईले उपनिर्वाचनका लागि ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा मतदान कार्य जारी रहेको जानकारी दिए ।

कास्की–२ मा प्रतिनिधिसभाको उपनिर्वाचन हुँदैछ भने भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन हुँदैछ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ भने बाँकी ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

निर्वाचनमा सबैको ध्यान कास्की क्षेत्र नम्बर २ मा रहेको छ । तत्कालिन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उक्त क्षेत्रमा निर्वाचन भएको हो ।

निर्वाचनमा रवीन्द्र पत्नी विद्या भट्टराईलाई सत्तारुढ दल नेकपाले उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले पुराना नेता खेमराज पौडेललाई उम्मेदवार बनाएको छ । उनीहरुबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

नेकपाकी उम्मेदवार भट्टराईले पोखरा महानगरपालिका–३३ स्थित शान्ति उदय माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेकी छिन् ।
त्यस्तै खानेपानीमन्त्री बीना मगरले कञ्चनपुको पुर्नवास नगरपालिका–३ मा भइरहेको वडाध्यक्षको उपनिर्वाचनमा मतदान गरेकी छिन् ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  १ : ४८ बजे

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका