सागमा टेबलटेनिस– गुरु चेला एकै ‘कोर्ट’ मा खेल्दै | Khabarhub Khabarhub

सागमा टेबलटेनिस– गुरु चेला एकै ‘कोर्ट’ मा खेल्दै



काठमाडौं-यदि एउटा राष्ट्रिय टोलीको खेलाडीले कुनै क्लबको प्रशिक्षकको भूमिका निभाउनु परे उसले के सोच्छ होला ? आफ्ना हरेक खेलाडीलाई राष्ट्रिय खेलसम्म पुर्‍याउने ? अन्तर्राष्ट्रिय खेलसम्म पुर्‍याउने वा सँगै अन्तर्राष्ट्रिय खेल खेल्ने ?

माथिका प्रश्नको जवाफ दिन सक्ने खेलाडी र प्रशिक्षक हुन्, नेपाली राष्ट्रिय टेबल टेनिस टालीका अनुभवी खेलाडी पुरुषोत्तम बज्राचार्य ।

काठमाडौंमा हुन लागेको सागमा उनी खेलाडीका रुपमा कोर्टमा उत्रिदैछन् । यसअघिका संस्करणमा सहकर्मीसँगै कार्टमा उत्रिँदै आएका बज्राचार्यले यो बर्ष आफ्नै ‘चेला’हरुसँग कोर्ट सेयर गर्नेछन् ।

सागमा ७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । जसमा लागि नेपालबाट १० जना खेलाडी छनोट भइसकेका छन् ।

सिक्का सुवाल श्रेष्ठ

त्यसमध्ये ४ जना पुरुषोत्तमकसहित सिक्का सुवाल श्रेष्ठ, दिक्षा तामाङ र संयोग कपाली छन् । दिक्षा, सिक्का र संयोग पुरुषोत्तमले प्रशिक्षण गरेका खेलाडी हुन् ।

पुरुषोत्तमले उनीहरुलाई ललितपुरको मान भवनस्थित आर्दश विद्या मन्दिर (एभिएम) लामो समयदेखि प्रशिक्षण गर्दै आएका छन् । एभिएम टेनिस क्लबमा प्रशिक्षण गर्दै आएका पुरुषोत्तम आफुले सिकाएका तीनजना खेलाडी आफुसँगै साग खेल्ने टोलीमा पर्नुलाई एक सपना पुरा भएको बताउँछन् ।

‘मैले सिकाएका खेलाडीहरु मसँगै साग खेल्ने टोलीमा पर्दा एकदमै खुसी महसुस भएको छ । मलाई अहिलेसम्मको योजना पुरा भएको महसुस भइरहेको छ,’ पुरुषोत्तमले भने,‘हामी यसका लागि योजनावद्धरुपमा अभ्यासमा लागेका थियो ।’

१८ बर्षदेखि एभिएममा प्रशिक्षण गराउँदै आएका पुरुषोत्तमले अहिलेसम्म दजनौं खेलाडीलाई टेबल टेनिस सिकाए । उनीहरु मध्ये धेरैले राष्ट्रिय टोलीसम्म पुग्ने प्रयास पनि गरे । तर, सफल हुन सकेनन् । त्यतिमात्रै होइन कति खेलाडी त देशमै टिक्न सकेनन् । विदेश पलायन भए ।

संयोग कपाली

सिक्का, दिक्षा र संयोगहरु लगातार मेहनत गरिरहँदा यो सफलता पाएको उनी बताउँछन् । ‘उनीहरु खेलमै डेडिकेटेड’ छन् । मेहनती र खेलमा रुचि पनि छ । यसलाई म आफ्नो एक लक्ष्य पुरा भएको ठान्दछु,’ पुरुषोत्तमले भने,‘सँगै टिममा परेका छौं । अब मेडल जित्न बाँकी छ ।’

एभिएमले विद्याथीहरुलाई खेलमा लगाउन निकै धेरै महेनत गरेको उनको भनाइ छ । एभिएमले खेलमा राम्रो गर्ने खेलाडीलाई छात्रवृती दिने, विभिन्न कार्यक्रममा सम्मान गर्ने र अन्तर्राष्टिय खेलमा जीत हात पार्दा नगदसहित सम्मान गर्ने गरेकाले पनि खेलाडीहरुलाई खेलमा लाग्न हौसला मिलेको हुनसक्ने पुरुषोत्तम बताउँछन् ।

आफुलाई टेबल टेनिस सिकाउने गुरुसँगै घरमै हुन लागेको सागमा कोर्ट उत्रिने योजनामा रहेकि सिक्का सुवाल श्रेष्ठले आफ्नो गुरुसँगै तीन जना एकै पटक खेल्ने बारे कहिलै नसोचेको बताइन् ।

करियरको अन्तिमतिर रहेका पुरुषोत्तमसँग अन्तराष्ट्रिय कोर्टमा मैदान उत्रिने सपना रहेपनि यति छिटै पुरा होला भनेन नसोचेको सिक्काले बताइन् ।

‘गुरुसँगै खेल्नेबारे सोचेकी पनि थिइन् । आफ्नो गुरु टोलीमा हुँदा निकै खुसी लागिरहेको छ,’ सिक्काले अगाडि थपिन्,‘गुरु करियरको अन्त्यतिर हुनुहुन्छ त्यसैले उहाँसँग खेल्ने सपना भने मनको कुनै कुनामा थियो । जुन यो सागले जुराइ दिएको छ ।’

नेपाली टेबल टेनिस टोलीमा दुई दशक विताएका पुरुषोत्तमले दुई संस्करणको एसियन गेम्स खेलिसकेका छन् भने सागमा यसअघि दुई संस्करण खेलिसकेका छन् भने तेस्रो सागमा लागि तयार छन् ।

दिक्षा तामाङ

पुरुषोत्तम सम्मिलित नेपाली टोलीले एघारौं र बाह्रौं संस्करणको सागमा नेपाललाई एक–एक कास्य जिताएका थिए ।

सिक्का र दिक्षाले एसियन च्याम्पियनसिप खेलिसकेका छन् । सिक्का, दिक्षा र संयोग एभिएममा एक–एक ‘ब्याज’ अघि पछाडिका हुन् । जसमा सिक्का एक बर्ष सिनियर हुन् भने दिक्षाभन्दा एक बर्ष जुनियर हुन् ।

सागमा नेपाली टोली स्वर्ण जित्ने लक्ष्यमा रहेको पुरुषोत्तम बताउँछन् । ‘लक्ष्य सागमा स्वर्ण जित्ने नै हो । तर, हेरौं अब के हुन्छ । म सिंगल्समा पनि सहभागी हुँदैछु । राम्रो गर्न सके खेल जीवनबाट टाढिने लक्ष्यमा छु,’ उनले खबरहबसँग भने ।

यता, सिक्का भने नेपाली टोलीलाई घरेलु मैदानमा भएको खेलमा स्वर्ण जित्नु अग्नि परीक्षा जस्तै रहेको बताउँछिन् ।

‘सागमा सहभागी अन्य टिमहरु पनि हामी जस्तै छन् । तर, उनीहरु अनुभवदेखि विभिन्न स्तरले हामीभन्दा बलियो हुनेभएकाले हामी जस्तो देशका खेलाडीलाई घरेलु मैदानमा स्वर्णको रक्षा गर्नु अग्नी परिक्षा जस्तै हो,’ सिक्काले भनिन् ।

सागमा नेपालबाट ५ जना पुरुष खेलाडी पुरुषोत्तम बज्राचार्य, स्यान्टु श्रेष्ठ, दिनेश खनिया, शिव सुन्दर गोथे र संयोग कपाली छन् ।

यस्तै, महिला तर्फ साग खेल्ने टोलीमा नमिता श्रेष्ठ, रविना मर्हजन, दिक्षा तामाङ, एलिना महर्जन र सिक्का सुवाल श्रेष्ठ छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  १ : ०२ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको