गण्डकी प्रदेशमा २५ प्रतिशत मतदान सम्पन्न | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा २५ प्रतिशत मतदान सम्पन्न


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहको उपनिर्वाचन अर्न्तगत गण्डकी प्रदेशका पाँच स्थानमा करिब २५ प्रतिशत मतदान भएको छ ।

बिहान साढे १० बजेसम्म करिब २५ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयहरुले जनाएका छन् । ७१ हजार ८७१ मतदाता रहेको कास्की २ का ८२ वटै मतदान केन्द्रमा उत्साहपूर्वक मतदान भइरहेको र अहिलेसम्म २५ प्रतिशत बढी मतदान भइसकेको जिल्ला निर्वाचन अधिकृत महेन्द्र सुवेदीले जानकारी दिए ।

विहान केही ठाउँमा विस्फोट भएका कारण केही समय मतदान रोकिए पनि अहिले निरन्तर रुपमा मतदान भइरहेको सुवेदीले बताए ।

अधिकांश पोखराको मुख्य बजार क्षेत्र समेटिएको कास्की २ का सबै मतदान केन्द्रहरुमा मतदाताहरु लामबद्ध भएर मतदान गरिरहेका छन् ।

यस्तै, ३६ हजार ९२४ मतदाता रहेको बागलुङ २ (ख) मा पनि २५ प्रतिशत भन्दा बढी मतदान भइसकेको जिल्ला निर्वाचन अधिकृत विकासचन्द्र पौडेलले जानकारी दिए । बिहान सात बजेदेखिनै मतदाताहरु मतदानमा सहभागी भएको बताउँदै पौडेलले ४३ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

वडा अध्यक्षका लागि बागलुङको बडिगाढ गाउँपालिका वडा नं. २ मा भएको मतदानमा अहिलेसम्म २१ प्रतिशत मतदान भएको त्यहाँबाट कमल पौडेलले जानकारी दिए ।

एक हजार ७४२ मतदाता रहेको बडिगाढ गाउँपालिका वडा नं. २ मा अहिलेसम्म ३५७ मतदान भइसकेको छ । यस्तै लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. २ मा ३० प्रतिशत मतदान भएको छ ।

मतदान शुरु भएपछि कास्कीका तीन र लमजुङको एक ठाउँमा विस्फोट भएको थियो । कास्कीको वडा नं. ९, वडा नं. १६ र वडा नं. ३३ मा विस्फोट भएको थियो । वडा नं. ९ को नवप्रभात माध्यामिक विद्यालयको मतदान केन्द्र नजिकै विस्फोट भएपनि अन्य दुई ठाउँमा मतदान केन्द्रभन्दा टाष विस्फोट भएको थियो ।

यस्तै लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. २ को महेन्द्र मन्दिर मावि परेवाडाँडा मतदान केन्द्र नजिकै विस्फोट भएको थियो । विस्फोट भएपनि मतदान भने निरन्तर चलीरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  १२ : ०९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०