तस्वीरमा हेर्नुहोस्, कहाँ कसरी हुँदैछ मतदान | Khabarhub Khabarhub

तस्वीरमा हेर्नुहोस्, कहाँ कसरी हुँदैछ मतदान


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपनिर्वाचनअन्तर्गत तीन तहका रिक्त ५२ पदका लागि अहिले मतदान जारी छ । पोखरामा भएको बमविष्फोटले केहिबेर त्रास उत्पन्न गराएपनि अहिले वातावरण सामान्य भएको छ । त्योबाहेक सबै स्थानमा शान्तिपूर्ण रुपमा मतदान जारी छ ।

प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका ४८ स्थानको रिक्तस्थानमा अहिले भोट हाल्नेक्रम जारी छ ।

बिहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने छ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत पारिएको जनाउँदै ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरेको छ । सोही अनुसार मतदाता पनि स्वतस्फूर्त रुपमा मतदान केन्द्रमा पुगेका छन् ।

उपनिर्वाचनको अनुगमनका क्रममा शनिबार बिहान चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया ।

प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्य तर्फ ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यो उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जनाले मतदान गर्न पाउने मताधिकार छ ।

हेर्नुहोस विभिन्न मतदान केन्द्रमा भएको मतदान

दाङ क्षेत्र नं ३ प्रदेश (ख) मा प्रदेशसभा सदस्य पदको उपनिर्वाचनका लागि मतदान गर्न लाइनमा बसेका मतदाता ।
महोत्तरीमा मतदाताको सुरक्षा जाँच गर्दै प्रहरी
महोत्तरीमा मतदान गर्दै मतदाता ।
चाँगुनारायण नगरपालिका– २, दुवाकोटमा मतदान गर्दै ७७ वर्षीय हरिप्रसाद पोखरेल ।
पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित चण्डी सामुदायिक माध्यमिक विद्यालय मतदान केन्द्रमा गोप्य मतदान गर्दै मतदाता ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ९ : ३४ बजे

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

टोक्यो– जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को

महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो

महोत्तरी– महोत्तरीका वनक्षेत्रमा फेरि वन डढेलोका घटना बढ्न थालेका छन्

बोलेरोको ठक्करबाट तीन जनाको मृत्यु

दमक– पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–झिलझिले खण्डमा आज बिहान बोलेरोले र

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर– भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

वैदेशिक रोजगारका क्रममा गर्भवती हुने महिला ‘नेपाली पुरुष’ बाटै शोषणमा

काठमाडौं– वैदेशिक रोजगारका क्रममा गर्भवती भएर फर्किने अधिकांश महिला नेपाली