लण्डन ब्रिजमा आतंककारी आक्रमण हुँदा २ को मृत्यु | Khabarhub Khabarhub

लण्डन ब्रिजमा आतंककारी आक्रमण हुँदा २ को मृत्यु


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायतको लण्डन ब्रिजमा भएको आतंकवादी आक्रमणमा दुईजनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन् । लण्डन ब्रिजमा एक व्यक्तिले अन्धाधुन्ध रुपमा मानिसहरुमाथि चक्कु प्रहार गरेका हुन् ।

चक्कु आक्रमणबाट गम्भीर घाइते भएका तीनजना मध्ये दुईजनाको स्थानीय अस्पतालमा उपचारको क्रममा ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसी तथा सिएनएनसहितका सञ्चारमाध्यमले जनाएका छन् । अर्का एक घाइतेको उपचार भइरहेको छ । आक्रमणकारीको पनि मृत्यु भएको छ ।

आरोपित आक्रमणकारीको प्रहरीको गोली लागेर मृत्यु भएको हो । प्रहरीले आक्रमणकालाई आतंककारी घटना भनेको छ । आतंककारी गतिविधिमा संलग्न भएको अभियोगमा जेल सजाय काटेका व्यक्तिले लण्डन ब्रिजमा आक्रमण गरेका हुन् ।

आक्रमणकारी इजाजतमै जेल बाहिर रहेको जनाइएको छ । लण्डन ब्रिजको उत्तरी भागमा रहेको फिसमोन्गेर्स हलमा क्रिमिनल जस्टिस सम्बन्धी कार्यक्रम भइरहेका बेला आक्रमण भएको हो ।

कार्यक्रममा क्याम्ब्रिज विश्वविद्यालयका विद्यार्थी तथा पूर्व कैदीको सहभागिता थियो । यो घटना स्थानीय समय अनुसार शुक्रबार अपराहन्न भएको हो ।

प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले प्रहरीलाई अनुसन्धानमा सरकारले पूर्ण सहयोग गर्ने बताएका छन् ।

आक्रमणमा ज्यान गुमाएका तथा घाइते भएकाहरुप्रति प्रधानमन्त्री जोन्सनले श्रद्धाञ्जली, समावेदना तथा शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

दुई वर्षअघि लण्डन ब्रिज र नजिकै रहेको बजारमा भएको आतंककारी आक्रमणमा ८ जनाको ज्यान गएको थियो भने ४८ जना घाइते भएका हुन् ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ७ : ५८ बजे

व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै

हुम्ला– रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको

देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष

धरान डेन्टल कलेजको कन्तबिजोग

धरान – दाँतको सामान्य उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान

विद्यार्थी बढाउन कक्षा एकमै अङ्ग्रेजी विषय

वैशाख– कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो

तालढुङ्गालाई प्रदेशको नमूना सहर बनाइँदै

काभ्रे– विकट क्षेत्रमा सूचीकृत काभ्रेको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई बाग्मती