तिहारको मानोवैज्ञानिक पक्ष– आध्यात्मिकसँगै आत्मिक शक्तिमा उर्जा

गोपाल ढकाल

मङ्लबार, कार्तिक १२, २०७६

Reading Time: 6 minutes

तिहारको मानोवैज्ञानिक पक्ष– आध्यात्मिकसँगै आत्मिक शक्तिमा उर्जा

तिहार जस्ता चाडपर्वको धार्मिक रूपमा मात्र होइन, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा पनि ठूलो महत्व रहेको हुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार मानिस पूर्णरूपमा स्वस्थ्य हुनका लागि शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिकरूपमा स्वस्थ्य हुनुपर्दछ । तिहार जस्ता चाडपर्वले मानिसलाई यी चारै आयमबाट स्वास्थ्य रहनका लागि मद्दत पुर्‍याइरहेको हुन्छ ।

चाडपर्वमा सबैले मीठो मसिनो र पोषिलो खानेकुरा खाने गर्दछन् । चाडपर्वमा विशेष रूपमा खाइने खानेकुराले शारीरिक रूपमा स्वस्थ्य रहन मद्दत पुर्‍याउँछ । तिहारको अबसमा दिदीबहिनीले दाजुभाइलाई दिने भाइ मसला पोशिलो र औषधीय गुणले सम्पन्न हुने गर्छ ।

तिहारमा खेलिने देउसीभैलोले एक त सामूहिक भावनको विकास गर्छ भने अर्कोतर्फ गीत संगीतको माध्यमद्वारा मनोरञ्जन समेत प्रदान गरिरहेको हुन्छ । मानसिक स्वास्थ्यको लागि मनोरञ्जन महत्वपूर्ण हुन्छ । मनोरञ्जनले पिर, मर्का र तनावबाट छुटकारा मिल्छ । गीतसंगीत मानव जीवनको लागि आवश्यक कुरा हो । विश्वमा मानसिक रोगको उपचारको लागि म्यूजिक थेरापी कै विकास भएको छ । सहयोगको आदनप्रदान मानसिक स्वास्थ्यको हिसावले महत्वपूर्ण हुन्छ ।

विवाह गरेर टाढाटाढा गएका दिदीबहिनी र दाजुभाइबीचको भेट तिहारको अबसरमा हुने हुँदा सम्बन्धमा पुनर्ताजकी आउने गर्छ । उनीहरुबीच माया प्रेम सद्भाव अझ् झाँगिदै जान्छ । घर छोडेर विदेशिएका वा टाढा परदेश गएका परिवारका सदस्यहरूलाई एकै ठाउँमा ल्याउने सेतुको काम पनि यही चाडपर्वले गर्छ ।

सामूदायिक हितको हिसावले देउसी भैलो खेल्ने र त्यसबाट उठेको रकम समाजसेवामा लगाइनु पनि तिहारको राम्रो पक्ष हो । चाडपर्वको बेला एकअर्कामा गरिने शुभकामनाको आदान–प्रदानले व्यक्तिमा जोश, जाँगर र हौसला बढाउँछ । निराश मनमा पनि आत्मबलको सञ्चार हुन थाल्छ । आफन्त र साथीभाइसँगको भेटघाटले निराशा र एक्लोपन हटाउँछ । व्यक्तिलाई सही मार्गमा हिँड्ने प्रेरणा मिल्दछ र सकरात्मक सोचको विकास गरिदिन्छ । यसले व्यक्तिको मानसिक स्वास्थ्य प्रबद्र्धन गर्न मद्दत गर्दछ ।

चाडपर्वको रमझमले खुसीयाली र उमङ्ग लिएर आउँछ । चाडपर्वकै अवसरमा आफन्त तथा साथीभाइहरूसँग गरिने भेटघाट र शुभकामनाको आदन–प्रदानबाट आत्मीयता, माया, प्रेम, सद्भाव, भाइचारा, मेलमिलाप र निकटता कायम राख्न मद्दत गर्दछ । यसले मानिसलाई सामाजिक रूपमा स्वस्थ्य बनाउँछ । सम्बन्धलाई गाढा र मजबुद्ध बनाउने भेटघाटले नै हो ।

चेलीहरू बिवाह गरी अर्काको घरमा जाने भएकाले दाजुभाइ र दिदी बहिनीबीचको सम्बन्ध टाढा हुँदै जानसक्ने सम्भावना धेरै हुने हुँदा माइती र चेली बीचको सम्बन्ध गाढा बनाइ राख्न तिहार जस्तो चाडको ठूलो महत्व छ । विवाह गरेर टाढाटाढा गएका दिदीबहिनी र दाजुभाइबीचको भेट तिहारको अबसरमा हुने हुँदा सम्बन्धमा पुनर्ताजकी आउने गर्छ । उनीहरुबीच माया प्रेम सद्भाव अझ् झाँगिदै जान्छ । घर छोडेर विदेशिएका वा टाढा परदेश गएका परिवारका सदस्यहरूलाई एकै ठाउँमा ल्याउने सेतुको काम पनि यही चाडपर्वले गर्छ ।

नाति नातिनादेखि हजुरबुबा, हजुरआमा एकै ठाउँमा भेला भएर हर्षोल्लासका साथ मनाइने हुनाले बढ्दै गएको ‘जेनेरेशन ग्याप’लाई समेत कम गर्न र सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्दछ । यसले आपसी रिस, राग पूर्वाग्रह हटाउँछ । चाडपर्वको बेला गरिने पूजापाठले व्यक्तिलाई आध्यात्मिक बनाउन मद्दत गर्दछ । आत्मिक शक्ति प्रदान गर्दछ । आत्मिक शक्तिले व्यक्तिलाई मानसिक रूपमा सवल बनाउँछ । आध्यात्मिक स्वास्थ्यले व्यक्तिलाई अनुशासित, नैतिकवान र कर्तव्यनिष्ठ बनाउँछ ।

संसारका सबै प्राणीहरूले आफ्नो सम्मान र कामको कदर होस भन्ने चाहन्छन् । तिहारको बेला पशुपँक्षीलाई पूज्ने कार्यले पशुपँक्षीको मान सम्मान र महत्व झल्काउँछ । साथै मानव समाजसँगको सम्बन्ध र सम्पर्क प्रगाढ बनाउन मद्दत मिल्छ ।

मानसिक स्वास्थ्यका लागि चाडपर्वले थेरापीकै काम गरिरहेको हुन्छ । त्यसकारण चाडपर्वको मनोवैज्ञानिनिक प्रभाव बुझ्नु जरुरी रहन्छ ।

तिहारमा घर रङ्ग्याउने सरसफाइ गर्ने जस्ता कुराले व्यक्तिलाई सरसफाइ प्रति जागरुक र सचेत पनि बनाइरहेको हुन्छ । चाडपर्वलाई उत्साहित गर्ने आपसी सम्बन्ध प्रगाढ बनाउने, माया प्रेम र सद्भाव बढाउने अवसरको रूपमा लिनु पर्दछ । चाडपर्वको बेला जुवातास खेल्ने, होहल्ला गर्ने, रक्सी खाने, झै झगडा गर्ने जस्ता नकारात्मक पाटोलाई भने हटाउनु आवश्यक छ ।

तिहार बत्ती, रङ्ग र फूलको पर्व हो । जीवन रङ्गहरुको समिश्रण हो । भाइटीकामा लगाइने सप्तरङ्गी टिकाले यहीँ अर्थ दिन्छ । सातवटै रङ्गहरुको अर्थ र विशेषता फरकफरक हुने गर्दछ । रङ्गीबिरङ्गी रङ्गहरुले मान्छेको मनमा सकारात्मक भावना उत्पन्न गराउँछ ।

मानसिक रोगको उपचारमा विश्वमा कलर थेरापीको प्रयोग गर्ने गरिन्छ । उज्यालो, चम्किलो र सुन्दर कुरा नै हामीले जीवनमा रोज्नुपर्छ । यसैमा रमाउने प्रयास गर्नुपर्छ भन्ने सन्देश यसले दिएको हुन्छ । मानिसले अन्ध्यारो र नकारात्मक होइन सकारात्मक कुरा नै रोज्नु पर्छ । डिप्रेशनले गाजेको आजको समाजमा तिहारको झिलिमिलिले ठूलै औषधीको काम गरिरहेको हुन्छ ।

संसारमा गुणको कदर हुन्छ । मानिसलाई मदत पुर्याउने पशुपँक्षीदेखि चौपाय समेतलाई यस पर्वमा पुजिन्छ । तिहारमा काग, कुकुर, गाई, गोरूको पूजा गर्नु भनेको उनीहरूको काम र गुणको कदर र सम्मान गर्नु पनि हो ।

तिहारमा धुमधामसाथ लक्ष्मी पूजा गरिन्छ । लक्ष्मीलाई धन धान्य, ऐश्र्वर्य र सम्पन्नताकी प्रतिकको रुपमा पूज्ने गरिन्छ । तिहारमा लक्ष्मी वा पैसाको पूजा गर्नुको अर्थ पैसाको कदर गर्न सिक्नुपर्छ भन्ने हो ।

संसारका सबै प्राणीहरूले आफ्नो सम्मान र कामको कदर होस भन्ने चाहन्छन् । तिहारको बेला पशुपँक्षीलाई पूज्ने कार्यले पशुपँक्षीको मान सम्मान र महत्व झल्काउँछ । साथै मानव समाजसँगको सम्बन्ध र सम्पर्क प्रगाढ बनाउन मद्दत मिल्छ ।

यसले पारस्थतिक पद्धतिलाई समेत सन्तुलित राख्छ । अरूको कदर र गुणको पूजा गर्नुपर्छ चाहे ती आफूभन्दा साना वा पशुपँक्षी नै किन नहुन् । यो कुराको प्रष्ट सन्देश तिहारले दिन्छ । कसैले आफ्नो कामको सम्मान पाएन भने त्यहीबाट असमझदारी र असंतुष्टि बढ्छ । कलह र बिद्रोहको कारण पनि यहि हो ।

तिहारमा धुमधामसाथ लक्ष्मी पूजा गरिन्छ । लक्ष्मीलाई धन धान्य, ऐश्र्वर्य र सम्पन्नताकी प्रतिकको रुपमा पूज्ने गरिन्छ । तिहारमा लक्ष्मी वा पैसाको पूजा गर्नुको अर्थ पैसाको कदर गर्न सिक्नुपर्छ भन्ने हो ।

आफ्नो शरिर आफैँले पूजा गर्ने पर्व म्हः पूजाको मनोवैज्ञानिक रुपमा पनि ठूलो महत्व छ । आफ्नो शरीर भन्दा बहुमुल्य कुरा यो संसारमा अरु केही पनि छैन । शरिर हाम्रो लागि सृष्टिको अनमोल उपहार हो। शरिरका प्रणालीले काम गरुन्जेलसम्म मात्र हामी जिबित रहने हो । शारिर नै मन्दिर हो। यसलाई स्वस्थ्य राख्नुपर्छ ।

शरीरलाई स्वस्थ्य राख्न तथा आफ्नै दिर्घायूको कामना समेत म्हः पूजामा गरिन्छ । यसले जीवन अमुल्य छ भन्ने बोध गराउछ । आत्म सम्मान कमजोर हुँदा मानिसलाई मानसिक असर पुग्नसक्छ । व्यक्तिमा विभिन्न किसिमका मानसिक समस्याहरु देखिने गर्दछन् । मानसिक स्वास्थ्य सबल राख्न समेत म्हः पूजाले मद्दत पुर्‍याउने गर्छ । तसर्थ तिहारको मनोवैज्ञानिक महत्वलाई बुझेर यसलाई सभ्य र भव्यरुपमा मनाउनुपर्छ ।

(लेखकः ढकाल मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुन्)

भर्खर

0